म्याग्दीको रघुगंगा गाउँपालिका–७,चिमखोलाकी ५७ बर्षिया राधादेवी पुनले शुक्रबारदेखि सुरु हुने माध्यामिक परीक्षा (एसईई) को तयारीमा ब्यस्त हुनुहुन्छ ।अक्षर, अंक लेख्न, पढ्न र चिन्न नसकेका कारण धेरै ठक्कर पाएपछि उज्यालो बैकल्पीक विद्यालयमा कक्षा ५ मा भर्ना भएर नियमित विद्यालय जान सुरू गर्नुभएकी राधादेवीले एसइईका लागि दिनरात मेहनत गर्नुभएको छ ।

राधादेवीजस्तै ५० बर्ष डिलकुमारी पुर्जाले पनि एसईईको पर्खाल पार गरी उच्च शिक्षासम्मको पढाई पूरा गर्ने लक्ष्य सहित परीक्षाको तयारीमा कुनै कमी राख्नुभएको छैन ।  राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको एसईई परीक्षा चैत १७ देखि सुरु गर्ने गरी तालिका सार्बजनिक राधाकुमारी र दिलकुमारी जस्तै विद्यालयमा अध्ययनरत ९ जना आमाहरूको दैनिकी नै परिवर्तन भएको छ ।

३७ बर्षिया इन्द्रामती फगामी, ३५ बर्षकी संगिता छिनाल,५४ बर्षकी तुलकमारी मल्ल केसी, ३९ बर्ष धनकुमारी विक, ४० बर्षकी रामदेवी पुन, ४९ बर्षकी विष्णुकुमारी गुरुङ र २८ बर्षकी पुजा छन्त्यालले नियमित तथा अतिरिक्त कक्षा नै लिएर परीक्षाको तयारीमा जुट्नुभएको छ।

ADV

एसईई परीक्षाका बारेमा रहेको डर र अन्यौल हटाएर िवद्यार्थीमा आत्मबल बढाउन नियमित अभ्यास, अनुभव आदानप्रदान र विगतमा एसईई उत्र्तिणा भएका आमाहरुले समेत थप सल्लाह सुझाब दिएपछि परीक्षार्थीमा उत्साह थपिएको छ ।

बुधबार एक समारोहका बिच विद्यालय संचालक समितिले एसइईमा सहभागि हुने ९ जना आमाहरुलाई परिक्षाको सफलता शुभकामना दिदै विदाई कार्यक्रमका बोल्दै संचालक समितिका कार्यवाहक अध्यक्ष राजेश शाक्यले निरन्तर मेहनत, शिक्षकले दिएको समय र परीक्षार्थीको सक्रियताले एसईई परीक्षा राम्रो नतिजा ल्याउनेमा आशाबादी रहेको बताउनुभयो ।

उहाँले सिमित स्रोत र साधनका बाबजुत शिक्षकको सक्रियताले समेत विद्यार्थीमा उर्जा थपिएको बताउनुभयो । विदाई कार्यक्रममा विद्यालयमा अक्षर चिन्नेदेखि एसईईसम्मको तयारीमा धेरै सहयोग मिलेको परीक्षार्थी विष्णु गुरुङले बताउनुभयो । पढाई जस्तो ठूलो कुरा केही रहेनछ, त्यही भएर एसईईसम्म आइपुगेका छौ, यो परीक्षामा उत्र्तिणा हुने गरी मेहनत गरिरहेका छौ’ गुरुङले भन्नुभयो ।

बेनी सामुदायिक विद्यालय अन्तरगत बि.स २०७३ सालमा स्थापना भएको उज्यालो बैकल्पीक विद्यालय मंगलघाटस्थित सामाजिक विकास कार्यालय रहेको भवनको भुइँतलाबाट पठनपाठन संचालन गरिदै आएको छ। पढ्ने धोकालाई उमेर छेक्दैन भन्ने उदाहरण एसर्ईई परीक्षामा सहभागि भएका आमाहरुल पुष्टी गरेका छन् ।

औपचारिक शिक्षाबाट वञ्चित आमाहरुले नेपाली विषयसहित अंग्रेजी, गणित विषय पढ्दै, लेख्दै र कम्प्युटर पनि चलाउन सिकिरहेका छन् । विद्यालय सञ्चालन गर्न गण्डकी प्रदेश सरकार, बेनी नगरपालिका र शिक्षा विकास तथा समन्वय इकाईले आर्थिक रुपमा सहयोग उपलब्ध गराएको छ ।

Leave a Reply