पश्चिम म्याग्दीको धवलागिरि गाउँपालिका–४, मुदीको खाम्लामा अखिल नेपाल महिला संघ (अनेमसंघ)को आयोजनामा मिसन ग्रासरुट विषयक अभिमुखीकरण तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । ‘दक्षिणपन्थी अवसरवाद र सङ्गठनात्मक अराजकतालाई पराजित गरौं, जबजको मार्गदर्शनमा समाजवादको आधार निर्माण गरौं’ भन्ने मूल नारासहित सञ्चालित मिसन ग्रासरुट अभियानको अभिमुखीकरण गरिएको हो ।

मङ्गलवार खाम्लामा आयोजित मिसन ग्रासरुट अभियानको अभिमुखीकरण तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमाले गण्डकी प्रदेश कमिटीका सचिवालय सदस्य खुमबहादुर बानियाँले नेपाली जनताको सबैभन्दा लोकप्रिय पार्टी एमाले भएकाले एमालेमा आबद्ध हुनुको विकल्प नभएको बताउनुभयो ।

उहाँले एमालेले पटकपटक सरकारको नेतृत्व गर्दा देश विकास र जनमुखी कार्यक्रम ल्याएर गरेको काम जनतासामु छर्लङ्ग रहेको बताउँदै आउँदो निर्वाचनमा एमालेलाई मिसन ग्रासरुट अभियानमार्फत पहिलो पार्टी बनाइने बताउनुभयो ।

सोही कार्यक्रममा बोल्दै एमाले म्याग्दीका उपसचिव तथा जनसङ्गठन संयोजक थमसरा पुनले एमालेको नीतिअनुसार अहिले राज्यका हरेक ठाउँमा महिलाहरुको ३३ प्रतिशत सुनिश्चित गरिएको बताउनुभयो ।

उहाँले एमालेकै पहलमा आमाको नामबाट पनि नागरिक दिने प्रावधान, राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत सुत्केरी हुन नसकेका महिला दिदीबहिनीहरुलाई हेलिकप्टरबाट अस्पताल पु¥याउने कामको सुरुवात, महिलाहरुलाई नेतृत्वमा तहमा पु¥याउन आवश्यक पहल गर्ने जस्ता थुप्रै कामहरु भएको बताउनुभयो ।

कार्यक्रममा सचिवालय सदस्य बानियाँले एमाले नेतृत्वले गरेका असल कामहरु, उपसचिव पुनले राजनीति, राजनीतिमा महिला सहभागिता र मिसन ग्रासरुट अभियानको अर्थ तथा हेमकुमारी गर्बुजाले अनेमसंघको इतिहास र यसले हालसम्म गरेका कामहरुको बारेमा प्रशिक्षण दिनुभएको थियो । कार्यक्रममा ग्रामीण भेगका महिलाहरुले उल्लेख्य सहभागिता जनाएका थिए ।

अनेमसंघको मुदीका वडा कमिटी सदस्य सन्ता गर्बुजाको अध्यक्षता र जिल्ला समिति सदस्य सुनिता पुनको सञ्चालनमा सम्पन्न कार्यक्रममा युवा समिति सदस्य सुमिना पुनले स्वागत गर्नुभएको थियो । एमाले म्याग्दीले जिल्लामा सञ्चालन गरेको मिसन ग्रासरुट अभियानको कार्यक्रम अहिले वडा हुँदै वस्ती र टोलटोलमा पुगेको छ ।

Leave a Reply