करिब साढे तीन महिनादेखि पोर्चुगलमा बेपत्ता म्याग्दीको बेनी नगरपालिका वडा नं ६ चुत्रेनीका सुरज मल्लको निधन भएको छ । २२ डिसेम्बर २०२२ देखि सम्पर्कविहिन मल्लको पहिचानसँग मिल्ने सबको आवश्यक परीक्षण गर्दा मार्च १६ गते पुष्टी भएपछि परिवारको सल्लाहमा आज अन्तेष्टीको तयारी भइरहेको मोना पोर्चुगलले जनाएको छ ।

परिवारजनको आग्रह र सहमतिमा स्व. मल्लको अन्तिम श्रद्धाञ्जली तथा दाहसंस्कार पोर्चुगलमा नै गर्ने निर्णय भएको थियो। क्रोशियाबाट पोर्तुगल प्रवेश गरेका मल्ल एक्कासी सम्पर्कविहिन भएपछि त्यहाँ रहेका म्याग्देलीले यूरोपका विभिन्न देशहरुमा खोजीकार्य गरेका थिए ।

स्वर्गीय मल्लको शबका बारेमा थप अनुसन्धान भइरहेको छ । आत्महत्या वा हत्या भन्ने बारेमा अझै प्रष्ट खुलेको छैन् । यसैबीच परिवारको आर्थिक अवस्थालाई मध्यनजर गरी मोना पोर्तुगलले आर्थिक संकलन गरी अन्तेष्टी सहित परिवारलाई सहयोग गर्ने जनाएको छ।

Leave a Reply