धौलागिरी बहुमुखी क्याम्पसको ‘बिबिए दोस्रो व्याच’का विद्यार्थीहरु हुन् उनीहरु । मेलामा आउने दर्शकका लागि उनीहरुले आफ्नै बलबुतामा ‘फास्ट फुड सेन्टर’ चलाएका छन् । स्टल भने मेला व्यवस्थापन समितिले उपलव्ध गराएको हो ।

‘हामी बिबिए पढ्ने विद्यार्थी, सिकाई र कमाई दुवै हुने भएकाले साथीहरुकै सल्लाहमा योजना बनाएका हौं’ विद्यार्थी नारायण खरेलले भने । उनले विद्यार्थीको स्टलमा आउनेले राम्रो प्रतिक्रिया दिएको बताए । मेलामा रमाउनभन्दा सिक्न र आफुले बनाएका खाजाका परिकार दर्शकलाई चखाउन व्यस्त छन् ।

सुरुवातमा प्रत्येक विद्यार्थीबाट एक हजार रुपैयाँ संकलन गरेर उनीहरुले यो योजना बनाएका हुन् । तीस हजार रुपैयाँमा खरिद गरेका समग्रीले उनीहरुको ‘फास्ट फुट सेन्टर’ चलेको छ । यहाँबाट हुने आम्दानीको केही हिस्सा उनीहरुले सामाजिक काममा लगाउने योजना बनाएका छन् । सामाजिक काममा खर्चिएर बचेको रकम भने स्थलगत अध्ययनमा हुने खर्चको जोहो गर्ने योजना छ ।

बागलुङ बजारमा रहेको मानवसेवा आश्रमको सहयोगमा नाफा पछिको केही रकम खर्चिने योजना उनीहरुको छ । विद्यार्थीहरुले चलाईरहेको ‘फास्ट फुट सेन्टर’ सेन्टरमा सामाजिक क्षेत्रका अगुवा तथा जनप्रतिनिधिसमेत पुगेर हौसला दिने गरेका छन् । ‘सामूहिक रुपमा गर्ने काममा सबैको एउटै उद्देश्य हुँदा सफलता पाईन्छ भन्ने उदाहरण भाईबहिनीहरुले प्रस्तुत गर्नुभयो’ बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले भने ‘यो प्रयास उदाहरणीय छ ।’

विद्यार्थी जीवनमा व्यापार व्यवसायसँग कसरी जोडिन सकिन्छ भनेर ‘फास्ट फुट सेन्टर’मा गरिरहेको कामले सिकाउने सापकोटा बताउँछन् । उनीहरुले ‘फास्ट फुट’ तयार गर्न नत कसैको सहारा लिए न आउने ग्राहकलाई तयार भएका खाजाका परिकार पु¥याउन। जिम्मेबारी बाँडफाँड गरेर काममा खटिने गरेको पुष्पा बताउँछिन्।

‘मेला अबधिमा ‘फास्ट फुट सेन्टर’ नचलाएको भएपनि मेलामै समय बित्यो, हल्लेर दिन जान्थ्यो’ शर्मा भन्छिन् ‘मेला पनि हेरिएको छ, साथीभाई मिलेर आम्दानी पनि गरिएको छ ।’

Leave a Reply