म्याग्दीको मंगला गाउँपालिका–२बावियाचौरमा निर्माण भएको कर्भड हलको बिहिबार एक समारोहका बिच उद्घाटन गरिएको छ । ब्याटमिन्टन सहित मार्सल आर्टका खेलहरु समेत सञ्चालन गर्न मिल्ने गरी निर्मित कर्भड हलको गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले उद्घाटन गर्नुभयो ।मंगला गाउँपालिका ११ लाख, पूर्वाधार कार्यालय ५ लाख र वडा कार्यालय ५ लाखको आर्थिक सहयोगमा उक्त कर्भड हल निर्माण भएको हो ।

कर्भड हलको उद्घाटन गदैं गाउँपालिका अध्यक्ष रोकाले गाउँपालिकाभित्र खेलकुद क्षेत्रलाई समेत प्राथिमकता दिएर बजेट विनियोजन गरिएको बताउनुभयो । उहाँले समुदायमा आवश्यक सबै पूर्वाधारमा पालिकाको बजेटबाट मात्रै सम्भव नभएकाले अन्य सरकारी निकाय, प्रदेश र संघीय सरकारबाट समेत बजेटको आवश्यकता रहेको बताउनुभयो ।

सानो लगानीमा निर्माण भएको कर्भड हलमा स्थानीय यूवाको सक्रियताबाट उत्साहित भएको बताउनुभयो ।उहाँले कर्भड हल आसपासमा आवश्यक पूर्वाधारमा समेत विस्तार गरी सुविधासम्पन्न बहुउद्देश्यीय कर्भड हल बनाउने प्रतिबद्धता समेत जनाउनुभयो ।

मंगला यूथ क्लवको सक्रियतामा निर्माण भएको कर्भड हलको उद्घाटन कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पूर्णबहादुर खत्री, वडा अध्यक्ष धनबहादुर खाती क्षत्री लगायतले आ–आफ्नो भनाइ राख्नुभएको थियो । मंगला युथ क्लवका अध्यक्ष नविन अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत क्लव सदस्य चन्द्र अधिकारी, र सञ्चालन पत्रकार अमृत विश्वकर्माले गर्नुुभएको थियो ।

कर्भड हल बाहिर पार्किङ, ब्यवस्थित शौचालय सहितको संरचनाका लागि समेत मंगला यूथ क्लवले बजेट माग गरेको थियो। कर्भड हललाई आवश्यकता अनुसार संरचना थप गरिने जनाइएको छ । यसैबीच चैतेदशैंको अवसरमा सि डिभिजन डवल र सिंगल ब्याढ्मेन्टिन प्रतियोगिता समेत आयोजना गरिएको छ ।

Leave a Reply