गरिमा विकास बैंक लिमिटेडले आउँदै गरेको नयाँ वर्ष २०८० सालको आफ्नो आधिकारीक क्यालेण्डर विमोचन गरेको छ। शुक्रबार (आज) एक विशेष कार्यक्रम आयोजना गरि सो क्यालेण्डर विमोचन गरेको हो।

आफ्नै केन्द्रिय कार्यालयमा आयोजना गरिएको उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकाल र नायव प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद उपाध्यायले संयुक्त रुपमा उक्त क्यालेण्डरको विमोचन गरेका हुन्। बैंकले देश भित्रका विभिन्न पर्यटकिय क्षेत्रहरु समावेश भएको आर्कषक भित्ते क्यालेण्डर र विभिन्न प्रजातीका चरा तथा वन्यजन्तु समावेश भएको टेवल क्यालेण्डर प्रकाशन गरेको चिप म्यानेजर अनुमान श्रेष्ठले बताउनुभयो ।

सोहि कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले स्तरोन्नती गरि ग्राहकमैत्रि बनाईएको बैंकको नयाँ वेवसाईटको समेत शुभारंभ गरेका छन्। बैंकले नेपालभर १२१ शाखा कार्यालय र ४९ एटिएमबाट सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रदान गर्दै आईरहेको छ। गरिमा विकास बैंकको म्याग्दीमा चारवटा शाखा रहेको छ ।

Leave a Reply