माध्यमिक शिक्षा परीक्षा (एसइई)-२०७९ को पहिलो दिन ९ जना अनुपस्थित भएका छन् । जिल्लामा एसइई परीक्षा केन्द्र तोकिएका विभिन्न ९ वटा केन्द्रमा नियमित तर्फ ७ जना र गे्रडबृद्धि २ जना गरी ९ जना अनुपस्थित भएको शिक्षा विकास तथा समन्वय इकाई म्याग्दीका प्रमुख दलबहादुर थापाले बताउनुभयो ।

उहाँका अनुसार मुक्तिमार्ग घार केन्द्रमा २ जना, मंगला मावि बावियाचौरमा ३ जना, जनप्रिय मावि दरबाङमा नियमित र ग्रेडबृद्धि गरी ३ जना र प्रकाश मावि बेनीमा १ जना परीक्षाको पहिलो दिन अनुपस्थित भएका छन् ।एसईईको पहिलो दिन जिल्लाका सबै परीक्षा केन्द्रमा शान्तिपूर्ण तरिकाले परीक्षा सञ्चालन भएको छ ।

परीक्षा केन्द्रमा अचानक स्वास्थ्यमा समस्या देखिएको बिरामीलाई अलग राखेर अतिरिक्त समय समेत थप गरी सञ्चालन गरिएको थियो । म्याग्दीमा दुई दृष्टिविहिन सहित यस वर्ष १७ जनाले ग्रेडबृद्धि, ७७ जना प्राविधिकि धारका र एक हजार नौ सय सात जना नियमित तर्फका गरी कुल दुई हजार एक जनाले परीक्षा रहेका थिए ।

Leave a Reply