६६ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा सहकारी संघ म्याग्दीले विविधि कार्यक्रम गरेको छ । सहकारी संघ म्याग्दीले दिवसको पुर्वसन्ध्यामा आइतबार बेनी अस्पताल परिसरमा सरसफाईको आयोजना गरेको छ भने सहकारीका सञ्चालक र प्रबन्धकसँग अन्तरक्रिया सहित विविध कार्यक्रम गरिएको जनाएको छ ।

सहकारी दिवस ‘सहकारीको दिगोपनः स्वनियमन र सुशासन’ भन्ने भावलाई सार्थक गर्न सहकारीका समसामयिक मुद्दाहरुलाई उजागर गर्न विभिन्न कार्यक्रमहरु भव्य रुपमा मनाउने योजना रहेको सहकारी संघ म्याग्दीका अध्यक्ष प्रेमबहादुर कार्कीले बताए । दिवसको अवसरमा सोमबार सदरमुकाम बेनीमा प्रभातफेरी सहितको उद्घाटन कार्यक्रम गरिने जनाइएको छ ।

वि.सं. २०१३ साल चैत्र २० गते चितवनमा बखानपुर ऋण सहकारी समिति स्थापना भएको दिनलाई स्मरण गर्दै नेपालको सहकारी अभियानले विविध कार्यक्रमको आयोजना गरी राष्ट्रिय सहकारी दिवस मनाउँदै आएको छ । सहकारीमा सदस्यको बचतको सुरक्षाका लागि जिम्मेवार र प्रतिबद्ध रहेको सन्देश प्रवाहित गर्दै अभियानका तर्फबाट राखिएका मागहरूमा सम्बन्धित निकायको ध्यानाकर्षण हुने गरि कार्यक्रम गरिने कोअपरेटिप म्यानेजर क्लव म्याग्दीका सचिव नेत्रराज सुबेदीले बताए । उनका अनुसार सहकारी अभियान सहकारीकर्मीको हितमा रहेकाले समुदायस्तरमा सधै नियमित कार्यक्रमहरुलाई प्राथमिकता दिने बताए ।

 

 

Leave a Reply