‘सेवा नै धर्म हो’ भन्ने मूल नारासहित नेपाल रेडक्रस सोसाइटी पुलाचौर उपशाखाको हिँजो (शनिवार) २०औं साधारणसभा तथा अधिवेशन सम्पन्न भएको छ ।

अधिवेशनले रेशमबहादुर बानियाँ सभापति, मिना शाही उपसभापति, दिनेश बानियाँ सचिव, गिरेन्द्र बानियाँ कोषाध्यक्ष, शान्ति शर्मा उपसचिव र विरबहादुर खत्री उपकोषाध्यक्ष रहेको पुलाचौर उपशाखाको ११ सदस्यीय नयाँ कार्यसमित चयन गरेको हो ।

यसैगरी उपशाखाको कार्यसमिति सदस्यहरुमा डेकबहादुर खत्री, लक्ष्मी शर्मा, सृष्टि लामिछाने, मिनबहादुर बानियाँ र सम्झना खत्री रहनुभएको छ । त्यस्तै महिला विकास समितिको संयोजकमा सृष्टि लामिछाने, सचिवमा कल्पना खड्का बानियाँ, कोषाध्यक्षमा सुकमाया परियार, सदस्यहरुमा रुपा खत्री, रत्नकुमारी पौडेल, सीता बानियाँ, दुर्गा परियार, टिकाकुमारी बानियाँ र सोविता पौडेल रहनुभएको छ । नवनिर्वाचित कार्यसमितिलाई रेडक्रस म्याग्दीका मन्त्री तथा निर्वाचन अधिकृत यामबहादुर चोखालले शपथग्रहण गराउनुभएको थियो ।

साधारणसभा तथा अधिवेशनको उद्घाटन गर्दै रेडक्रस म्याग्दी शाखाका सभापति अमर बानियाँले जिल्लाको विभिन्न स्थानमा भएका विपद्लगायत घटनाहरुमा रेडक्रसले स्वयंसेवी भूमिका निर्वाह गरिरहेको बताउनुभयो । उहाँले रेडक्रस संस्था आफैमा एक हातले दिने र एक हातले लिने तथा सेवा नै धर्म हो भन्ने मूल नारासहित अगाडि बढिरहेको बताउँदै रेडक्रसले समुदायमा आपत्विपद्मा सहयोग गर्दै आइरहेको बताउनुभयो ।

बेनी नगरपालिका–५, पुलाचौरका वडा अध्यक्ष गोविन्द बानियाँले तत्कालीन समयमा सरकार र विद्रोही पक्षबीच बेनीमा भएको भीषण आक्रमणको समयमा रेडक्रस म्याग्दी शाखाले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउँदै समुदायमा रेडक्रसले पु¥याएको योगदानको उच्च प्रशंसा गर्नुभयो ।

रेडक्रस म्याग्दीका पूर्व सभापति माधवप्रसाद रेग्मीले आफू रेडक्रस म्याग्दीको दुई कार्यकाल नेतृत्वमा रहँदा जिल्लास्तर तथा समुदायस्तरमा सामाजिक गतिविधिहरु सञ्चालन गरेको बताउनुभयो । उहाँले रेडक्रसले आपत्विपद्मा परेका समुदायको उद्धारमा सहयोग पु¥याउँदै आइरहेको हुँदा आगामी दिनमा पनि यसलाई निरन्तरता दिनुपर्ने बताउनुभयो ।

साधारणसभाको उद्घाटनसत्रमा उपशाखा सभापति शिव बानियाँले संस्थागतसहित प्रगति र कोषाध्यक्ष गिरेन्द्र बानियाँले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा रेडक्रस म्याग्दीका विशिष्ट सदस्य मिनबहादुर बानियाँ, रेडक्रसको विपद् व्यवस्थापन समिति सचिव गजिन्द्र श्रेष्ठ र युवा रेडक्रस सर्कल जनकल्याण माध्यमिक विद्यालय पुलाचौरका सभापति प्रज्ञा बानियाँले मन्तव्य व्यक्त गर्नुभएको थियो । साधारणसभाले सभापति र कोषाध्यक्ष दुवैले पेश गरेको प्रतिवेदन सर्वसम्मत रुपमा पारित गरेको छ ।

सोही अवसरमा जनकल्याण मावि पुलाचौरका अध्यक्ष गोपाल बानियाँले उपशाखाका सभापति शिव बानियाँको कुशल नेतृत्वका कारण पुलाचौर रेडक्रस विभिन्न कार्यक्रमहरु सञ्चालन गरी उत्कृष्ट उपशाखा भएकोले आफू प्रभावित भन्दै उहाँले २५ हजार रुपैयाँको चेक हस्तान्तरण गर्नुभएको थियो । साधारणसभा तथा अधिवेशनको उद्घाटनसत्र उपशाखाका निवर्तमान सभापति शिव बानियाँको अध्यक्षता, उपसभापति मिना शाहीको स्वागत र सचिव रेशमबहादुर बानियाँको सञ्चालनमा सम्पन्न भएको थियो ।

कार्यक्रममा रेडक्रस म्याग्दीका उपसभापतिद्वय विष्णु रोका र काशिराम रेग्मीको विशेष उपस्थिति रहेको थियो । कार्यक्रमको अवसरमा यसअघि रेडक्रस उपशाखाले सञ्चालन गरेको विभिन्न अभियानमा सक्रियताका साथ सहयोग पु¥याउनुहुने रेडक्रसअन्तर्गत रहेका विभिन्न उपसमितिका संयोजक तथा रेडक्रसकर्मीहरुलाई मायाको चिनोसहित सम्मान गरिएको थियो ।

Leave a Reply