म्याग्दीका क्रियाशील पत्रकार प्रताप बानियाँ सम्मानित हुनुभएको छ । नेपाल रेडक्रस सोसाइटी पुलाचौर उपशाखाको २०औं साधारणसभा तथा अधिवेशनको अवसरमा पत्रकार बानियाँ सम्मानित हुनुभएको हो ।

पत्रकारिताको माध्यमबाट रेडक्रस उपशाखाले सञ्चालन गरेको विभिन्न सामाजिक गतिविधि र अभियानलाई समुदायस्तरमा पु¥याएको योगदानको उच्च कदर गर्दै म्याग्दी जिल्लाको उत्कृष्ट पत्रकारको रुपमा सम्मान गरिएको रेडक्रस पुलाचौर उपशाखाले जनाएको छ ।

पत्रकार बानियाँलाई कार्यक्रमका प्रमुख अतिथि रेडक्रस म्याग्दीका सभापति अमर बानियाँ, पूर्व सभापति माधवप्रसाद रेग्मी, पुलाचौरका वडा अध्यक्ष गोविन्द बानियाँ र उपशाखा सभापति शिव बानियाँले अबिरको टिका तथा माला लगाएर सम्मानपत्रले सम्मान गर्नुभएको थियो । सम्मानित बानियाँ छापा तथा विद्युतीय सञ्चारमाध्यम र डिजिटल पत्रिका बेनी अनलाइनमा संलग्न हुनुहुन्छ ।

म्याग्दीको बेनी नगरपालिका–५, पुलाचौर चिप्लेटीका बानियाँ बेनीमा बसेर विगत एक दशकदेखि पत्रकारिता गर्दै आउनुभएको छ । उहाँ बेनीबाट प्रकाशित हुँदै आइरहेको स्थानीय रुप्से दैनिक पत्रिकाको सहसम्पादकको रुपमा कार्यरत हुनुहुन्छ । सरकारी सञ्चारमाध्यम नेपाल टेलिभिजनको म्याग्दी संवाददाता रहनुभएका पत्रकार बानियाँ उज्यालो रेडियो नेटवर्क र नेपाल समाचारपत्र राष्ट्रिय दैनिकको पनि म्याग्दी संवाददाताको रुपमा रहनुभएको छ ।

प्रेस चौतारी नेपाल जिल्ला शाखा म्याग्दीको अध्यक्ष समेत रहनुभएका क्रियाशील पत्रकार बानियाँ रेडक्रस, पत्रकार महासंघ, मिलन म्याग्दी, ओमकुमारी शान्ति कोषलगायत विभिन्न सामाजिक संघसंस्थामा आबद्ध हुनुहुन्छ ।

यसैगरी रेडक्रसको अभियानमा सहयोग पु¥याउनुहुने अन्य व्यक्तिहरु तथा संस्थालाई पनि सम्मानपत्र, दोसल्ला र मायाको चिनोसहित सम्मान गरिएको छ । संस्थागत सम्मानतर्फ भृकुटी आमा समूह भिरमुनि र युवा रेडक्रस सर्कल जनकल्याण माविलाई नगदसहित सम्मानपत्रले सम्मान गरिएको थियो ।

त्यस्तै सम्मानित हुनेहरुमा रेडक्रस म्याग्दीका सभापति अमर बानियाँ, पुलाचौरका वडाध्यक्ष गोविन्द बानियाँ, रेडक्रसका पूर्व जिल्ला सभापति माधवप्रसाद रेग्मी, यशस्कर सदस्य यामबहादुर बानियाँ, निवर्तमान वडाध्यक्ष लक्ष्मण बानियाँ, उपशाखाको पूर्व कोषाध्यक्ष रामप्रसाद सुवेदी, रेडक्रस म्याग्दीका शाखा अधिकृत धनञ्जयकुमार श्रेष्ठ, रेडक्रसकर्मी शान्ति पौडेल र यामकुमारी श्रेष्ठ रहनुभएको छ ।

Leave a Reply