म्याग्देली कलाकार बिजुन खत्री र खिममाया पुनको मौलिक गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान म्याग्दीका सचिव तथा सदस्य द्वयको संयुक्त प्रस्तुति “बेनीको बजार” सालैजो गीत सार्वजनिक भएको हो ।सार्वजनिक भएको केहि दिनमै धेरैको रोजाइमा परेको यो गीतमा स्वर बिजुन खत्री र खिममाया पुनको रहेको छ।

मौलिक शब्द र उत्कृष्ट लय रहेको गीतको म्युजिक भिडियोमा म्याग्दीकी मोडेल मिस मगर नेपाल मिलन थापा र समिर परियारको अभिनय रहेको छ यस गीतको लय तथा शब्द भने राजन कार्कीले तयार पार्नु भएको हो ।

मौलिक शैली र भाका रहेको यस गीतले धौलागीरी र म्याग्दीको सेरोफेरोको संस्कृतिलाई झल्काएको छ । गायक खत्रीले म्याग्दीको पहिचान जोगाउने गरी मौलिकतालाई ध्यानमा राखेर थप नयाँ कोशेली समेत बजारमा ल्याउने तयारी गरेको बताउनुभयो । उहाँले गीतसंगीतको क्षेत्रमा प्रतिष्ठानबाट र गायन क्षेत्रबाट म्याग्दीलाई केन्द्रित गरी सक्रिय स्थानीय कलकारलाई समेत प्रोत्साहनको योजना रहेको बताउनुभयो ।

Leave a Reply