आफ्नो जन्मदिनमा महंगो खर्च गरेर मनाउने संस्कार छ। धर्तीमा पाइला टेकेको दिनलाई भोजभतेर गरेर फजुल खर्च गदैं उत्सवको रुपमा मनाउनेहरूको बिचमा सामाजिक एवम् मानवीय सेवामा सधै सक्रिय भूमिका खेल्ने म्याग्दीका एक यूवाले आफ्नो र भान्जीको जन्मदिनमा नेपाल बाल संगठन म्याग्दीद्धारा सञ्चालित बालगृहका बालबालिकालाई खाद्यान्न र शैक्षिक पोशाक सहयोग गरी मनाएका छन् ।

बेनी नगरपालिका–२ज्यामरुककोट गौस्वाँरा घर भई जिल्ला प्रशासन कार्यालयमा सवारीचालकको रुपमा कार्यरत आनन्द रिजाल र लमजुङ जिल्ला घरभई हाल अमेरिकामा रहेकी आयारा घिमिरेले बालगृहका १० जना बालबालिकालाई शैक्षिक पोशाक र आवश्यक खाद्यान्न साम्रागी सहयोग गनुभएको हो ।

सोमबार प्रमुख जिल्ला अधिकारी तुलसरीराम पौडेलको प्रमुख आतिथ्यतामा बाल संगठनका अध्यक्ष राजेश शाक्य, उपाध्यक्ष ज्ञानेन्द्र श्रेष्ठलाई हस्तान्तरण गर्नुभएको थियो । सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै प्रजिअ पौडेलले मानवीय सेवाको क्षेत्रमा सहयोग गर्ने नै बास्तविक सहयोगदाता भएको बताउनुभयो ।

सहयोग हस्तान्तरणमा जन्मदिनमा फरक र उर्जा प्रदान गर्ने कार्यक्रम गरेको भन्दै धन्यवाद समेत ज्ञापन गरिएको थियो । सहयोग हस्तान्तरण कार्यक्रममा रिजालले हरेक बर्ष जन्मदिनमा समाजका विभिन्न क्षेत्रमा सहयोग गर्ने गरेको बताउनुभयो । जन्मदिनका कुनै नयाँ योजना नहुने भएकाले जन्मदिनमा अनावश्यक खर्चको योजना नबनाउने गरेको रिजाललको भनाई थियो ।

सहयोगदाता रिजाल म्याग्दीमा कोरोना भाइरसको जोखिममा परेका, विपद् तथा अन्य अकास्मत घटेका घटनामा उद्धार गर्न अग्रपंक्तीमा देखिनुहुन्छ । सहयोग हस्तान्तरण कार्यक्रमको अध्यक्षता बालसंगठनका अध्यक्ष राजेश शाक्य र सञ्चालन कार्यसमिति सदस्य हरिकृष्ण गौतमले गर्नुभएको थियो । म्याग्दीमा पछिल्लो समय जन्मदिनको अवसरमा विभिन्न संघसंस्था र ब्यक्तिलाई सहयोग गर्ने गरिएको छ ।

 

Leave a Reply