म्याग्दीको बेनी बचत तथा ऋण सहकारी संस्थाले ६६ औं राष्ट्रिय सहकारी दिवसको अवसरमास्वास्थ्य परामर्श सेवा तथा आर्थिक सहयोग हस्तान्तरण गरेको छ ।

दिवसको अवसरमा सहकारीका सेयर सदस्य, शुभचिन्तक लगायतलाई सुगर, प्रेसर र थाइराइडसम्बन्धि स्वास्थ्य परामर्श तथा गलेश्वरधाम ज्येष्ठ नागरिक आश्रमलाई आर्थिक सहयोगका साथै नयाँ बर्षको शैक्षिक क्यालेन्डर विमोचन गरिएको छ ।

दिवसको अवसरमा कन्सल्टेन्ट डा. अनिष भुषालले सुगर, प्रेसर र थाइराइडका बारेमा जानकारी तथा रोकथाम र जीवनयापनका बारेमा जानकारी गराउनुभएको थियो । खानपान र जीवनयापनले मानिस रोग निम्त्याइरहेको बताउँदै खानपान र जिवनशैलीलाई सुधार गर्न सकेमा रोगबाट जोगिने डा.भुषालको भनाई थियो ।

सोही अवसरमा गलेश्वर जेष्ठ नागरिक आश्रमलाई १५ हजार ६ सय रुपैयाँ हस्तान्तरण गरिएको थियो । कार्यक्रममा सहकारीका संस्थापक अध्यक्ष हरिकुमार श्रेष्ठले वित्तिय कारोबार सहित सहकारीले विभिन्न सामाजिक एवम् मानवीय सेवामा सहयोग गरेको बताउनुभएको थियो ।

पूर्व अध्यक्ष टंक हमाल लगायत संस्थापक, सेयर सदस्य ,कर्मचारीको उपस्थिती रहेको कार्यक्रमको अध्यक्षता सहकारीका अध्यक्ष रमेश गिरीको अध्यक्षता, उपाध्यक्ष संजय श्रेष्ठको स्वागत र सचिव माधवप्रसाद रेग्मीको सञ्चालनमा सम्पन्न भएको प्रबन्धक सञ्जन शाक्यले जानकारी दिनुभयो ।यसबर्ष सहकारी दिवस ‘सहकारीको दिगोपनः स्वनियमन र सुशासन’ भन्ने मूल नाराका साथ सहकारी दिवस मनाइएको छ ।

Leave a Reply