म्याग्दीको सदरमुकाम बेनीमा सोमबार ६६ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा विविध कार्यक्रम गरी मनाइएको छ । ‘सहकारीको दिगोपनः स्वनियमन र सुशासन’ भन्ने मूल नाराका मनाइएको दिवसको गण्डकी प्रदेशसभाका सांसद हरि भण्डारीले उद्घाटन गर्नुभयो । प्रमुख अतिथि भण्डारीले सहकारी आन्दोलन गलत नभएकाले सहकारीका हरेक अभियानलाई ब्यवस्थित बनाएर सदस्यमैत्री कारोबारमा जोड दिनुभयो ।

सोही अवसरमा जिसस उपप्रमुख दिलकुमारी खत्री, बेनी नगरपालिकाका मेयर सुरत केसीले सहकारीभित्रको कमजोरीलाई सच्चाएर सहकारी आन्दोलनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा कोअपरेटिप म्यानेजर क्लव म्याग्दीका अध्यक्ष प्रेमप्रसाद कँडेल सहितका बक्ताले बोल्नुभएको थियो।

सहकारी संघ म्याग्दीका अध्यक्ष प्रेमबहादुर कार्कीको अध्यक्षता, स्वागत उपाध्यक्ष ज्ञानेन्द्रप्रसाद सुबेदीको स्वागत र सञ्चालन सहसचिव तेजकुमारी बानियाँले गर्नुभएको थियो । दिवसको अवसरमा सोमबार सदरमुकाम बेनीमा प्रभातफेरी सहितको कार्यक्रम गरिएको थियो । वि.सं. २०१३ साल चैत्र २० गते चितवनमा बखानपुर ऋण सहकारी समिति स्थापना भएको दिनलाई स्मरण गर्दै नेपालको सहकारी अभियानले विविध कार्यक्रमको आयोजना गरी राष्ट्रिय सहकारी दिवस मनाउँदै आएको छ ।  

Leave a Reply