म्याग्दीको धवलागिरि गाउँपालिका वडा नं ३ मुना मा सामुदायिक विद्यालयमा अध्यापनरत शिक्षकहरुको लागि २ दिने वालअधिकार, वाल क्लव व्यवस्थापन र भित्ते पत्रिका प्रकाशन सम्वन्धि तालिम सञ्चालन भएको थियो । उक्त तालिममा धवलागिरि गाँउपालिका अन्तर्गत १५ वटा विद्यालयका शिक्षक र मालिका गाउँपालिकाका ६ जना गरी कुल २१ जना शिक्षकहरुको उपस्थिती रहेको थियो ।

संगम म्याग्दीको आयोजना, गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोग तथा धवलागिरि र मालिका गाँउपालिकाको संयोजनमा उक्त तालिमा सञ्चालन भएको थियो। धवलागिरि गाँउपालिकाका सामाजिक संयोजक देवेन्द्र रोकाको अध्यक्षता, प्रमुख प्रशासकिय अधिकृत धु्रव रिजालको प्रमुख आतित्थता, शिक्षा शाखा प्रमुख ख्यामराज सुवेदीको विशिष्ठ आतिथ्यतामा कार्यक्रम सञ्चालन भएको थियो ।

उक्त कार्यक्रममा सहभागीहरुलाई स्वागत संगम म्याग्दीका कार्यक्रम अधिकृत आनन्द रेग्मीले गर्नुभएको थियो भने सञ्चालन कार्यक्रम अधिकृत विश्वनाथ आचार्यले गर्नुभएको थियो ।

उक्त तालिममा प्रशिक्षण राजेन्द्र पहाडीले गर्नुभएको थियो ।वालबालिकाहरुको अधिकार, तथा उनीहरुको पाउनु पर्ने अधिकारहरुको संरक्षण तथाउनीहरुको प्रतिभा प्रष्फुटनमा भित्ते पत्रिकाको महत्वपूर्ण भूमिका रहनेकुरा सामाजिक विकाश समिति संयोजक देवेन्द्र रोकाले वताउनु भएको थियो ।

त्यसैगरि बालअधिकारको वारेमा विद्यालयमा मात्र कुरा नगरि घरपरिवार तथा समुदायस्तरमा पनि छलफल चलाउनुपर्नेमा प्रमुख प्रशासकिय अधिकृत धुव्र रिजालले बताउनु भएको थियो ।

त्यसैगरि वालअधिकार तथा संरक्षणमा सरकारको मात्र दायित्व नभई गैर सरकारी संस्थाएंवनागरिक समाजको पनि उत्तिकै भूभिका रहेको कुरा शिक्षाअधिकृत ख्यामराज सुवेदीज्युले बताउनु भएको थियो ।
धवलागिरि गाँउपालिकामा अझैपनि वालविवाहव्याप्त रहेका ेले विद्यालयतह देखि लिएर नै उनिहरुलाई सचेतिकरण गर्दै वालविवाह न्यूकरणमा जोड दिदै जानुपर्नेमा सहभागीहरुले एक्यवद्धता जनाएका थिए ।

Leave a Reply