k'glxndf cfGtl/s tyf jfXo ko{6s Ufn]ZJf/, @) r}t M DofUbLsf] k|l;4 ko{6sLo :yn k'glxndf lxdfn x]/]/ /dfpFb} u/]sf cfGtl/s tyf jfxo ko{6s . j;GtCt'sf] cfudg;Fu} k'glxn / 3f]8]kfgLdf ko{6s cfpg]qmd a9]sf] 5 . tl:a/ M w|'j;fu/ zdf{÷/f;;

चक्रीय अन्नपूर्ण पदमार्गमा पर्ने घोडेपानी र पुनहिलबाट आँखै अगाडी हिमशृंखला र सूर्योदयको मनोरम दृश्यावलोकन गर्न अहिले आन्तरिक तथा बाह्य पर्यटकहरुको भीड लागेको छ ।

समुन्द्री सतहबाट ३ हजार २ सय १० मिटर उचाइमा रहेको पुनहिलमा वसन्त ऋतुको सुरुवातसँगै पर्यटकको भीड लागेको हो । अन्नपूर्ण संरक्षण क्षेत्रको गुराँसे जंगलमा १९ प्रजातिका गुराँस पाइन्छ । घोरेपानीदेखि १ घन्टाको पैदल दूरीमा उकालो हिँडे पनि पुगिने पुनहिलमा अहिले पर्यटकहरुको भीड लागेको पुनहिलबाट सुरेन गुरुङले जानकारी दिए ।

पुनहिलमा उभिँदा हात अघि बढाए छोइएलाझैं लाग्ने धौलागिरि, नीलगिरि, अन्नपूर्ण, माछापुच्छ्रे हिमालको सौन्दर्य र तिनै भर्जिन हिमाल हेर्न आन्तरिक तथा वाह्य पर्यटकहरुको भीड लागेको घोडेपानी प्रहरी चौकीले जनाएको छ ।

प्रहरी सहायक निरिक्षक सन्तोष भुसालका अनुसार पुनहिलबाट आठ हजार मिटरभन्दा अग्ला मनास्लु, अन्नपूर्ण र धौलागिरि हिमालको रेञ्जमा पर्ने झन्डै २० भन्दा बढी हिमचुचुरालाई नजिकबाट नियाल्न सकिन्छ । अहिले दैनिक प्रतिदिन तीन सय देखि पाँच सय जनासम्म आन्तरिक तथा बाह्य पर्यटकहरु घोडेपानी पुनहिल आउने गरेका छन् ।

धेरैजसो पर्यटक घान्द्रुक एवं अन्नपूर्ण बेसक्याम्प (एबिसी) बाट फर्कने वा पोखराबाट घोरेपानी आएर घान्द्रुक वा एबिसीतिर जाने गरेका उनले जानकारी दिए ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा अवस्थित पर्यटकीयस्थल घोरेपानी र पुनहिलमा पर्यटकको चहलपहल सुरु हुन थालेपछि होटल व्यवसायी उत्साहित बनेका छन् । वसन्त ऋतुको अनुकुल मौसममा आन्तरिक पर्यटकहरु प्राकृतिक सुन्दरतामा रमाउन पुनहिल पुग्न थालेका हुन् । मौसममा सुधार आएसँगै यस क्षेत्रको भ्रमणमा आउने अन्तरिक तथा विदेशी पर्यटकको सङ्ख्यामा वृद्धि हुनथालेको होटल व्यवसायीले बताएका छन् ।

विश्वप्रसिद्ध चक्रीय अन्नपूर्ण पदमार्गले समेटिएको घोरेपानी र पुनहिल क्षेत्रमा पर्यटकको चहलपहल बढ्न थालेपछि होटल व्यवसायीहरु उत्साहित भएको घोडेपानी टोल सुधार समितिका अध्यक्ष विरेन पुनले बताए । चक्रीय अन्नपूर्ण पदमार्गमा पर्ने पुनहिलबाट हिमशृङ्खला र सूर्योदयको सुन्दर दृश्य अवलोकन गर्न पाइन्छ । घोरेपानीदेखि पुनहिलसम्म पुग्न पदमार्ग निर्माण गरिएको छ ।

वसन्त ऋतुको सुरुवातसँगै पर्यटकको आगमन बढेको घोडेपानी होटल व्यवस्थापन समितिका अध्यक्ष मीना पुनले बताउनुभयो । पुनहिलमा बिहानीको सूर्योदयसँगै आँखैअगाडि देखिने हिमशृङ्खलाको अवलोकनका लागि पर्यटक पुग्ने अन्नपूर्ण गाउँपालिका–५ शिखका स्थानीयवासी सुरेन गुरुङले जानकारी दिए । चम्किला किरण छर्दै हिमालकै छेउबाट उदाउने सूर्योदयको दृश्यावलोकनसँगै पूर्वदेखि पश्चिमसम्म नै लहरै देखिने हिमचुचुरोको दृश्यले पर्यटक खुसी भएर फर्कने गरेको गुरुङले बताए ।

घोरेपानीमा सानाठूला गरी ३० होटलमा चार सय शय्या छन् । अन्नपूर्ण फन्को मार्न र प्राकृतिक सौन्दर्यमा रमाउन आएका आन्तरिक पर्यटकको भीडले तातोपानीका होटल तथा गेस्ट हाउस पनि खचाखच भएका छन् ।

हिमाल र गुराँसकै कारण घोडेपानी र पुनहिल संसारभरि चिनिएका छन् । हिमालकै कारण घोडेपानी र पुनहिलको समृद्धि र विकासको लागि पर्यटन व्यवसाय जोडिएको छ ।

प्रकृतिको सदाबहार सौन्दर्य, हिमशृंखलाको चुम्बकीय आकर्षण, स्थानीय सहयोगी र सेवा प्रधान भावनाले घोडेपानी र पुनहिलको समृद्धि चुलिँदै गएको घोडेपानीका होटल व्यवसायी एवम् अन्नपूर्ण गाउँपालिकाका पूर्व अध्यक्ष क्या.डमबहादुर पुनले बताए । ‘पर्यटकका लागि मगर, गुरुङ बस्ती, कला, संस्कृति जीवनशैली, हिमशृंखला, सूर्योदय, लालीगुराँस जंगल पदमार्गको मुख्य विशेषता हो’ उनले भने ‘घान्द्रुक घोडेपानी क्षेत्रमा चिनियाँ, फ्रेन्च, कोरियन र मलेसियन पर्यटक बढी मात्रामा पुग्ने गरेका छन् ।’

म्याग्दी, मुस्ताङ, कास्की, लमजुङ र मनाङ जिल्लालाई समेटिएको अन्नपूर्ण संरक्षण क्षेत्र भ्रमण गर्न पछिल्लो समय सार्क राष्ट्रका पर्यटकलाई प्रतिव्यक्ति १ हजार र तेस्रो मुलुकका पर्यटकलाई प्रतिव्यक्ति ३ हजार शुल्क लिने गरिएको छ । घोडेपानीमा जति पनि पूर्वाधारहरू निर्माण भएका छन्, त्यसमा सरकारको लगानी थोरै र स्थानीयको श्रम बढी रहेको स्थानीय विरेन पुनले बताए ।

कास्कीको पोखरा–नयाँपुल, घान्दु्रक हुँदै घोरेपानी तथा म्याग्दी सदरमुकाम वेनी–तातोपानी, घारा, शिख हुँदै घोरेपानी र नागी–महरेडाँडा हुँदै पुनहिल जान सकिन्छ ।

अन्नपूर्ण पदयात्रा मार्ग सुरु भएपछि बाटो हिँड्ने पर्यटकका लागि चिया, नास्ता खुवाउन खुलेका साना होटलले पर्यटकको बाक्लो आगमन बढ्दै गएपछि आजभोलि सुविधासम्पन्न होटल बनेका छन् । पर्यटक आगमन बढ्न थालेपछि प्रहरीले सुरक्षाका लागि गस्ती गर्न थालेको छ । अन्नपूर्ण पदयात्रा मार्ग विश्वका उत्कृष्ट १० गन्तव्यभित्र पर्छ ।

म्याग्दीको घोडेपानी, पुनहिल, कास्कीको घान्द्रुक, लान्द्रुक, एबीसी क्याम्प, घम्पुसलगायत पर्यटकीयस्थल पदयात्राको आकर्षण बनेको छ । वीरेठाँटीबाट भित्रिएका आधाजसो पर्यटक छोमरोङ हुँदै अन्नपूर्ण आधारशिविर अर्थात् एबीसी पुग्ने गर्छन् ।

पदयात्रामा जाने पर्यटकको आवास र खानाका लागि घोडेपानीमा सुविधासम्पन्न होटल सञ्चालनमा छन् । पर्यटक आगमन बढ्दै गएपछि होटल व्यवसायीले समेत सेवा सुविधालाई गुणस्तरीय बनाउँदै लगेका स्थानीय होटल व्यवसायीहरुले बताएका छन् ।

घोडेपानीमा सानाठूला गरी ३० वटा होटलमा ४ सय बेड क्षमता भएका होटल छन् । तर, कहिलेकाहीँ धेरै पर्यटक भएपछि होटलको आँगनमा टेन्ट राखेर पनि पर्यटकलाई बास दिने गरेको घोडेपानी होटल व्यवस्थापन समितिका अध्यक्ष मीना पुनले बताइन् ।

घोडेपानी पुगेका धेरै पर्यटक हिमाली पारीको पर्यटकीय जिल्ला मुस्ताङको प्रवेशद्वारका रूपमा चिनिएको म्याग्दीमा धौलागिरि र अन्नपूर्ण हिमाल आरोहण, प्राकृतिक तातोपानी कुण्ड, अन्नपूर्ण धौलागिरि, धौलागिरि सेञ्चुरी, धौलागिरि चक्रीय, धौलागिरि आइसफल, टोडके, रुप्से झरना, अन्धगल्छी, गलेश्वर, बेनीबजारलगायत विभिन्न धार्मिक, प्राकृतिक र ऐतिहासिक स्थलको भ्रमणमा पर्यटक पुग्ने गर्छन् ।

Leave a Reply