जिल्लाको दोस्रो सदरमुकामले चिनिने मालिका गाउ“पालिका केन्द्र रहेको दरवाङ बजारमा पनि फोहोर ब्यवस्थापन चुनौति बनेको छ । दरवाङ बजारबाट उत्सर्जन गर्ने फोहोरमैला नछुट्याई म्याग्दी नदी किनाराको छ्यारछ्यारेमा फाल्दै आएको छ ।
पालिका केन्द्र रहेको दरवाङबाट उत्र्सजन हुने फोहोरको मात्र र प्रकारपनि धेरै हुन थालेपछि मालिका गाउ“पालिकाले छुट्टै फोहोर मैला ब्यवस्थापन कार्यविधी बनाई लागु गर्ने भएको छ । पालिकाले निजी क्ष्ँेत्रस“ग साझेदारी गरी संकलित फोहोरबाट पुनःप्रयोग गर्न मिल्ने, सड्ने र नसड्ने वस्तु छुट्याई फोहोरमैला ब्यवस्थापन गर्ने योजनामा छ ।
त्यस्तै, संकलित फोहोरमैलाबाट सिसाजन्य फोहोरलाई छुट्याएर ग्लास क्रसरमा राखेर पेल्ने गरी लागत अध्ययन थालेको जनाएको छ । मालिका गापाले चालु आवमा फोहोर ब्यवस्थापन गर्न १५ लाख रुपैया“ बजेट विनियोजन गरेको छ ।
‘दरवाङमा सिसाजन्य फोहोर ब्यवस्थापन ठुलो चुनौति बनेको छ । त्यसैले पालिकाले ग्लास क्रसर ल्याई सिसालाई पेल्ने योजनामा छौं । ग्लास क्रसर प्रति घन्टा कति सिसा पेल्ने भन्ने आधारमा मुल्य पर्ने रहेछ। सिसाको धुलो घरको ढलान र ल्बक बनाउन सकिने देखिएकोले निजी क्ष्ँेत्रस“ग साझेदारी गरी ग्लास क्रसर ल्याउने योजनामा छौ’ मालिका गाउ“पालिका अध्यक्ष बेगप्रसाद गर्वुजाले भने, ‘पालिकाले प्रविधी ल्याउन सहयोग गर्छ । फोहोरको उचित ब्यवस्थापन गरे आम्दानी पनि हुने भएपछि निजी क्षेत्रस“ग छलफल गरिरहेका छौं ।’ अध्यक्ष गर्वुजाले थपे, ‘सिसाका वोटलहरु मानव श्वास्थ्य र प्रदुषणका मुख्य जोखिम बढाएकोले ब्यवस्थापनमा चुनौति बनेका छन ।’
फोहरमैला ब्यवस्थापन ऐन ०६८ ले हानीकारक, स्वास्थ्य संस्थाजन्य फोहरमैला, रसायनिक फोहरमैला, औधोगिक फोहरमैलाको ब्यवस्थापन भने संवन्धित ब्यक्ति वा संस्थालाई नै तोकेको भएपनि अनुगमन नहु“दा कार्यान्वयन भएको छैन । नसड्ने र जोखिमयुक्त यस्ता सिसाजन्य फोहोर उत्पादक कम्पनीहरुले नै फिर्ता लैजानु पर्ने हो तर वास्ता गरिएको छैन । घनश्याम खड्का