म्याग्दीको धवलागिरि गाउँपालिका वडा नं २ लुलाङमा किसानहरु लाई कृषी सामाग्री हजारी र आलुको बिउँ बितरण गरिएको छ ।

उक्त कार्यक्रमबाट प्राकृतिक खेती प्रणालीद्वारा एक कार्यक्रमको आयोजना गरी आलु खेती गर्ने लुलाङ, लमसुङ र खोरियाका ६० जना कृषकहरु लाभान्वित भएका छन् ।

संगम म्याग्दीको आयोजना, गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक तथा प्राबिधिक सहयोग तथा धवलागिरि गाउँपालिकाको सहजिकरणमा उक्त कार्यक्रम सञ्चालन भएको थियो ।

धवलागिरि गाउँपालिका कार्यपालिका सदस्य तथा नमुना उधमशिल महिला बचत तथा ऋण सहकारी सस्था लि. का अध्यक्ष फुलमाया बुढाको अध्यक्षता, वडा नं. २ का वार्ड अध्यक्ष अक प्रसाद बि.कको प्रमुखआतिथ्यता र ७० जना कृषकहरुको उपस्थितीमा कार्यक्रम सञ्चालन भएको थियो ।

उक्त कार्यक्रममा सहभागी कृषक तथा अतिथिहरुलाई स्वागत नमुना उद्यमशिल महिला बचत तथा ऋण सहकारीका ब्यबस्थापक मनिता कुमाईले गर्नुभएको थियो भने सञ्चालन संगम म्याग्दीका कार्यक्रम अधिकृत आनन्द प्रसाद रेग्मीले गर्नुभएको थियो ।

उक्त कार्यक्रममा वडा अध्यक्ष अक प्रसाद विकले कृषी पेशाजिउने आधार र पहिचान बनेको र लुलाङ आलु खेतीको लागीउपयुतm रहेकोले आधुनिक तबरबाट कमलागतमा धेरै उत्पादनलिन सकिने प्राकृतिक खेती प्रणाली वरदान सावित रहेको कुरा व्यक्त गर्नुभएको थियो।

प्राकृतिक खेती प्रणालीद्वारा खेती गर्दा हुुने फाइदाको बिषयमा अहिलेनै कृषकलाई जानकारी भइसकेको र यस प्रणालीद्वारा खेती गर्न धेरै किसानहरुले चासो दिएको बिषयमा कार्यपालिका सदस्य फुलमाया बुढाले बताउनुभएको थियो ।

प्राकृतिक खेती प्रणालीको बिषयमा तालिम प्रदान, प्राकृतिक खेती प्रणालीको फाइदा तथा महत्वका बिषयमा कार्यक्रम अधिकृत रेग्मीले जानकारी गराउनुभएको थियो धवलागिरि गाउँपालीकामा अझैपनी खेती गर्न नजान्दा उल्लेख्य रुपमा कृषकहरुले फाइदा लिन नसकेको र आगामी दिनमा यस्ता खालका प्रणालीहरु भित्राई खेतीगर्नुपर्ने कुरा माजोड दिदै जानुपर्नेमा सहभागी किसानहरुले एक्यबद्धता जनाएका थिए ।

Leave a Reply