---Advertisement---

जन्मदिनमा आमालाई बीमा पोलिसी उपहार !

On: April 5, 2023 10:09 PM
Follow Us:

भनिन्छ नि ! आमा जगत् जननी हुन् । जसरी धर्तीले मानव जातिका लागि बोझ थामेकी हुन्छिन् । सन्तानका लागि आमाले त्यतिकै कष्ट उठाउँछिन् । नौ महिनासम्म अनेक दुःखकष्ट थिचोल्दै आफ्नो सन्तानलाई उनले जन्म मात्र दिन्नन आफ्नै मिर्गौला समेत दिन पछि पर्दिनन् । छोराछोरीले आमालाई जिवित भगवानको रुपमा समेत सम्मान गर्छन् । सन्तानको दुख लुकाउने आमालाई भने धेरै सन्तानले खुसीयालीमा विभिन्न उपहार दिने गरेका छन् ।

यस्तै एउटा उदारणीय छोरा बनेका छन म्याग्दीको मंगला गाउँपालिका वडा नं ५ अर्मन पिपलबोटका किशोर कँडेलले जन्मउत्सवको अवसरमा आमा नेत्रकुमारी कँडेललाई जन्मदिनको अवसरमा १० लाखको जीवन बीमा पोलिसी उपहार दिएका छन् ।

बुधबार आफ्नो जन्मदिनमा आमालाई बीमा पोलिसी उपहार दिएको सिटिजन्स लाइफ इन्स्योरेन्सकी एजेन्सी म्यानेजर सुनिता शर्मा कँडेलले बताईन् । ‘आमालाई पोलिसी उपहार दिएर छोराले जन्मदिन मनाउनु समाजलाई नै सन्देश हो,‘ आमा सर्वशक्तिमान हुन सन्तानको साथ आवश्यक पर्छ’ उनले भनिन्।

यता जन्मदिनको अवसरमा आमालाई पोलिसी उपहार दिन पाउदा खुसी लागेको छोरा किशोरले बताए । सन्तानको सुरक्षित भविष्यको लागि जीवन बिमालाई रोजाइमा पर्ने गरेकोमा सन्तानले जन्मदिन अभिभावकको विमा गर्नु सुरक्षित भविष्यको उपहार भएको सिटिजन्स लाइफ इन्स्योरेन्स कम्पनीले जनाएको छ ।