शिख्तानी पुन समाज कास्कीको १२ औ साधारणसभा तथा भेटघाट कार्यक्रम बिहिबार पोखरामा सम्पन्न भएको छ ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर ५ भित्रको शिख, तल्लो शिख, फलाते, स्वाँत र किन्दु थातथलो भएर हाल पोखरा र आसपासका क्षेत्रमा बसोबास गर्ने पुनहरु यो संस्थामा आवद्ध छन् ।

संस्थाले शिखको शिक्षा, स्वास्थ्य, दुखि, गरिव, विपन्न विरामी, विपद् प्रभावित र आपत विपतमा परेकाहरुलाई सहयोग गर्दै आएको छ । कार्यक्रमको समाजका आजिवन सदस्य समेत रहनुभएका पुर्व मन्त्री उत्तम पुनले उद्घाटन गर्नुभएको थियो ।

बाध्यताले आफ्नो थातथलो छाडेर बजारमा बसेकाहरु संगठित भएर जन्मथलोको सुख दुखमा साथ दिनु सकारात्मक भएको प्रमुख अतिथ पुनको भनाई थियो । सो कार्यक्रममा पुख्यौली समूह, संस्थाका पूर्व अध्यक्ष, जेष्ठ नागरिक, राष्ट्रिय खेलकुदमा खेलाडी र रेफ्रिको रुपमा सहभागि भएका संस्थाका सदस्य, कलाकारहरुलाई सम्मान गरिएको थियो ।

शिख्तानी पुन समाजको पुख्यौली, चेलिबेटी र ढुुंगेपाटन आमा समूहले प्रस्तुति रहेको कार्यक्रममा सञ्चारकर्मी सुरेन गुरुङलाई पनि सम्मान गरिएको थियो । क्याप्टेन बलबहादुर तिलिजा पुनको अध्यक्षता र चन्द्रप्रसाद पाईजाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

Leave a Reply