म्याग्दी जिल्ला बचत तथा ऋण सहकारी संघ म्याग्दीको तेस्रो साधारणसभा सम्पन्न भएको छ ।सधारणसभाको उद्घाटन गर्दै नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि। (नेफ्स्कुन)का सञ्चालक चण्डि प्रसाद शर्मा पौडेलले सहकारी संस्थाहरु नीति, विधि र प्रविधिका साथ सदस्य केन्द्रित व्यवसायमा उन्मुख हुनुपर्ने बतानु भएको छ । पौडेलले आर्थिक तथा सामाजिक क्षेत्रमा सहकारी अभियानको योगदान महत्वपूर्ण रहेको बताउनु भयो ।

सहकारीले गरेका राम्रा काम वाहिर ल्यान नसकेको कारण राम्रो गरेका सहकारीलाई हेर्ने दृष्टीकोण फरक रहदै आएको भन्द्र राम्रा कामको प्रचार हुन जरुरी रहेको बताउनु भयो ।

सहकरीलाई राम्रो बनाउने बेला आएको भन्दै शंकटमा आत्तिन नहुने भन्दै शंकटलाई आवसरमा बदल्ना सुझाव दिनु भयो । कार्यक्रममा नेफ्स्कुनका क्षेत्रिय सदस्य रामजी सुवेदी, जिल्ला सहकारी संघ म्याग्दीका अध्यक्ष प्रेम बहादुर कार्की, दिदिवहिनि साकोसका अध्यक्ष विष्णु सापकोटा,भुपुसैनिक साकोसका अध्यक्ष बालकृष्णा सुवेदी, पश्चिम नेपाल साकोसका उपाध्यक्ष हरि पौडेल लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

कार्यक्रम म्याग्दी जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष अमृता भण्डारीको अध्यक्षता उपाध्याक्ष मीन बहादुर कार्कीको स्वागत र सहसचिव ले गर्नु भएको थियो । साधारण सभाले नयाँ नेतृत्व चयन गर्ने भनियपनि सहमति हुन सकेको छैन ।

Leave a Reply