म्याग्दीमा बौद्धिक, मानसिक र मनोसामाजिक सम्बन्धि परीक्षणका लागि उपकरण र चिकित्सीय सेवा उपलब्ध नहुदाँ पोखरामा दुईदिने अपाङ्ता स्वास्थ्य जाँचबुझ परीक्षण कार्यक्रमको आयोजना गरिएको छ ।

बेनी नगरपालिकाको आर्थिक तथा अपाङ्ग संघ म्याग्दीको सहयोगमा चैत्र २३ र २४ गते बेनी अस्पतालमा विषेशज्ञ चिकित्सक र उपकरणको अभावका कारण परिचयपत्र सिफारिस हुन नसकेका ३२ जनाले स्वास्थ्य परीक्षण गराएको अपाङ्ग संघ म्याग्दीका सदस्य बिशाल विकले बताए । उनका अनुसार अपाङ्ता भएर पनि सेवासुविधा लिनबाट बन्चित भएकालाई सहज भएको बताए ।

म्याग्दीका ७ जनाले हिमालय आँखा अ्रस्पतालबाट दृष्टि सम्बन्धि सेवा लिएका थिए । त्यस्तै १६ जनाले सुनाइ सम्बन्धी, ७ जना मनोसामाजिक, बौद्धिक अपाङ्ता २ जनाले पश्चिमाञ्चल क्षत्रीय अस्पतालबाट सेवा लिएका थिए।

म्याग्दीमा विगतमा पटकपटक माग गरिएपनि बेनी अस्पतालमा बौद्धिक, मानसिक र मनोसामाजिक सम्बन्धि परीक्षणका लागि चिकित्सक र उपकरणको अभाव हुदाँ सास्ती खेप्नुपरेको अपाङ्ग संघ म्याग्दीका सचिव सुरेन्द्र खत्रीले बताए । उनका अनुसार आफन्तको अभावमा केही अपाङ्ता भएकाले समेत सेवा लिनबाट बन्चित हुनुपरेको बताए ।

फरक क्षमता भएका र शारिरिक रुपमा अपाङ्ता भएका व्यक्तिहरुलाई सहयोग गर्नका लागि अग्रसरता लिएर सहयोग गरी बेनपाले प्रशंसनिय काम गरेको बताए । सेवा लिन गएका बेनपा–९का डम्बरबहादुर खत्रीले चेकजाँचमा समेत सहज भएको बताए ।

म्याग्दी जिल्लामा बहिरा, बौद्धिक, सुस्त,न्यून दृष्टियुक्त, पूर्ण दृष्टिविहीनस्वर र बोलाइ सम्बन्धी अपाङ्गता, मानसिक वा मनोसामाजिक अपाङ्गता,बौद्धिक अपाङ्गता, अनुवंशीय रक्तश्राव (हेमोफिलिया) सम्बन्धी अपाङ्गता, अटिज्म सम्बन्धी अपाङ्गता लगायतका समस्या भएका जनगणना २०७८ मा २८ सय ३ पुरुष र २४ सय ९७ महिला गरी ५३ सय रहेको देखाएको छ ।

Leave a Reply