म्याग्दीका कृषकलाई ३३ हजार माछाका भुरा वितरण गरिएको छ। भेटेरिनरी अस्पताल, पशु सेवा विज्ञ केन्द्र, बेनी नगरपालिका र धौलागिरि गाउँपालिकाले कृषकको माग अनुसार भुरा वितरण गरेका हुन्।

विज्ञ केन्द्र र बेनी नगरपालिका १३/१३ हजार तथा धौलागिरि गाउँपालिकाले सात हजार भुरा कृषकलाई वितरण गरेका छन्। जिल्लाका ४५ कृषकलाई केन्द्रका प्रमुख एवं पशु चिकित्सक जीवनप्रसाद आचार्य र बेनी नगरका पशु शाखा प्रमुख प्रदीप गौतमले भुरा वितरण गरे।

माग अनुसार बेनीका ३५, अन्नपूर्णका सात र रघुगंगाका तीन कृषकलाई पोखरीको क्षेत्रफलको आधारमा भुरा वितरण गरिएको बेनी नगरपालिकाका पशु शाखा प्रमुख गौतमले बताए। भुरा नवलपरासीबाट खरिद गरिएको हो। व्यावसायिक उत्पादनमा जोड दिन  कृषकलाई अनुदानमा भुरा, औषधि, तालिम र प्राविधिक सहयोग उपलब्ध गराइँदै आएको छ। जिल्लामै भुरा उत्पादन भने हालसम्म गर्न सकिएको छैन। जिल्लामा व्यावसायिक रूपमा माछापालन गर्ने कृषक ५० भन्दा बढी रहेको बताइएको छ। रासस

Leave a Reply