अपाङ्ग संघ म्याग्दीको अध्यक्षमा गोरी दर्जी निर्विरोध निर्वाचित हुनुभएको छ । सोमबार सदरमुकाम बेनीस्थित जिल्ला समन्वय समितिको सभाहलमा सम्पन्न भएको १८ औँ साधारण सभा एवम् ११ औँ अधिवेशनबाट दर्जीको नेतृत्वमा ११ सदस्यीय समिति सर्वसम्मत गठन गरिएको हो ।

संघको बरिष्ठ उपाध्यक्षमा गणेश सुवेदी, उपाध्यक्षमा जमुना पौडेल, सचिवमा सुरेन्द्र खत्री, सह–सचिवमा विशाल विक, कोषाध्यक्षमा सुनिल सिर्पाली विक रहनुभएको छ। त्यस्तै सदस्यहरुमा जयलाल खत्री, भानु विक, राजेश भण्डारी, ज्ञानेन्द्र पुन, विजुला बानियाँ रहनुभएको संघले जानकारी दिएको छ ।

साधारणसभाको अवसरमा संघको विभिन्न गतिविधिमा योगदान पु¥याएका संघका निवर्तमान अध्यक्ष गोपाल केसी, पत्रकार हरीकृष्ण गौतमलाई सम्मान पत्रले सम्मान गरिएको थियो भने शिक्षक सेवामा स्थानीय हुन सफल काशाीराम विक, गोपाल खत्री र सुजन बुढाथोकीलाई प्रशंसा पत्रले कार्यक्रमका प्रमुख अतिथि बेनी नगरपालिका मेयर सुरत केसीमार्फत सम्मान गरिएको थियो ।

संघको १८ औँ साधारणसभा एवम् ११ औँ जिल्ला अधिवेशनमा बेनी नगरका मेयर सुरत केसीले नगरले आगामी आर्थिक बर्षका कार्यक्रममा अपाङ्गगता भएका ब्यक्तिलाई सहयोग पुग्ने उत्पादनशिल क्षेत्रर्का कार्यक्रमहरु समेट्ने प्रतिवद्धता जनाउनुभएको थियो ।

उहाँले फरक क्षमता भएका सबैलाइ समेटेर क्षमता विकास, उत्पादन र रोजगारसंग जोड्नका लागि स्थानीय सरकार, प्रदेश र संघीय सरकारलाई नीति निर्माण तथा बजेट विनियोजनमा ध्यानाकर्षण गराउन आग्रह गर्नुभयो ।

त्यस्तै प्रहरी नायव उपरिक्षक मदन कुँवर,सामाजिक विकास कार्यालयका प्रमुख रमेश थापाले फरक क्षमता भएको ब्यक्तिहरुलाई समाजमा सम्मानपूर्वक बाच्न पाउने अधिकारलाई सुरक्षित गनुपर्नेमा जोड दिनुभएको थियो ।

संघका उपाध्यक्ष गणेश सुवेदीको अध्यक्षता, सचिव सुरेन्द्र केसीको संचालन तथा प्रगति प्रतिवदेन प्रस्तुत र कोषाध्यक्ष गोरी दर्जीको स्वागत मन्तव्य रहेको कार्यक्रममा जिल्ला समन्वय समितिको कार्यालयकी शाखा अधिकृत साधनाकुमारी श्रेष्ठ, पत्रकार हरीकृष्ण गौतम, बौद्धिक अपाङ्ग संघ म्याग्दीका निर्वतमान अध्यक्ष यामबहादुर बानियाँ, अपाङ्ग संघ पर्वतका अध्यक्ष जगन्नाथ शर्मा लगायतले मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा फरक क्षमता ब्यक्तित्वहरुको उपस्थितमा साधारणसभा तथा अधिवेशन सम्पन्न गरिएको थियो।

Leave a Reply