बेनी नगरपालिका–१ रत्नेचौरका चन्द्र थापामगरले आफ्नी पत्नीलाई लिएर बेनी अस्पताल आउनु भएको थियो । उहाँकी पत्नीको अप्रेसन गरेर बच्चाको जन्म गराइयो । बच्चा जन्मदा सामान्य अवस्था रहे पनि पछि स्वासप्रश्वासमा समस्या देखिएपछि बेनी अस्पतालले पोखराका लागि रिफर गरीदियो । जब पोखरा लैजानु पर्ने भयो एम्बुलेन्स पाइएन । बेनी अस्पतालको एम्बुलेन्स बिग्रेर थन्केको रहेछ रेडक्रसको एम्बुलेन्स अन्तै गएको हुँदा पर्वतबाट एम्बुलेन्स मगाएर बच्चालाई पोखरा पठाइयो ।

यस्तो घटना पछिल्ला दिनहरूमा दैनिकजसो बेनी अस्पतालमा हुने गरेका छन् । म्याग्दीको एकमात्रै सरकारी अस्पताल बेनी अस्पतालको एम्बुलेन्स पटकपटक बिग्रने गरेको भए पनि यस पटक भने पछिल्लो १० दिन देखि चल्नै नसक्ने अवस्थामा पुगेका थियो ।

पछिल्लो समय फागुन २९ गते बिरामी पोखरा छोडेर बेनी फर्कदै गर्दा पर्वतको मालढुङ्गामा विग्रीय पछि अहिले बेनी अस्पताल एम्बुलेन्स बिहीन बनेको छ । बेनी अस्पतालको एम्बुलेन्स बिग्रदा अहिले बिरामीहरूले सार्वजनिक वस तथा ट्याक्सीमै बिरामीलाई थप उपचारका लागि लैजानु पर्ने बाध्यता सृजना भएको छ ।

२९ गते बिग्रेको एम्बुलेन्स जस्तो संवेदनशील साधनलाई मर्मतका लागि थप प्रकृया अगाडी नबढ्नु चिन्ताको विषय रहेको बेनी अस्पतालमा आउने बिरामीका आफन्त गुनासो गर्छन् ।

निमित्त मेडिकल सुपरिटेण्डेन्ट डाक्टर शंकरराज लामिछानेले एम्बुलेन्स बिग्रेको र ठूलो खर्च आउने भएकाले यसैलाइ मर्मत गरेर चलाउने वा अरू बिकल्प खोज्ने भन्ने विषयमा सोच्दै गरेको बताउनुभयो ।  ७–८ वर्ष पुरानो भै सकेको एम्बुलेन्सलाई मर्मत गरेर चलाउने वा अन्य दाताहरूको सहयोग लिएरै भए पनि अर्को एम्बुलेन्स किन्ने भन्ने अन्यौलय भएको बताउनुभयो ।

अहिले यही एम्बुलेन्स मर्मत गर्दा खर्चै थेग्न नसकिने अवस्था रहेको हुनाले मर्मत गर्नु भन्दा पनि अरू खोज्न तिर लाग्दा सहज हुन्छ कि भन्ने आफूलाई लागेको डा.लामिछानेको भनाई छ ।अमृतप्रसाद पौडेल

Leave a Reply