दिव्या सेक्युरिटिज् एण्ड स्टक हाउस प्रालि स्टक ब्रोकर नं ५९  बाग्लुङ शाखाको आयोजनामा लगानीकर्ता सचेतना अभिवृद्धितथा अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ ।

सो कार्यक्रम दिव्या सेक्युरिटिज् एण्ड स्टक हाउस प्रा।लि। बाग्लुङ शाखाका प्रमुख कुमार शर्मा ले सन्चालनगरेका थिए । कार्यक्रमको सहजिकरण नेपाल धितोपत्र बोर्डका कार्यकरी निर्देशक डा।नवराज अधिकारी ले गर्नुभएको थियो ।

उहाले विश्वको अर्थतन्त्रको वर्तमान अवस्था ,नेपाल को समग्र आर्थिक अवस्था,रास्ट्र बैंकको निति, धितोपत्र बोर्डले गरेका कार्यहरु तथा गर्नुपर्ने सुधारहरुको वारेमा प्रष्ट पार्नु भएको थियो । विश्व अर्थतन्त्रमा भएको आर्थिक मन्दीको असरले शेयर वजारलाई पनि प्रभावित वनाएकोले हालको अवस्थामा सुझबुझका साथ लगानी लगानी गर्नबताउनु भयो ।

यसैगरी कम्पनीको अवस्था, वित्तिय विवरण, कम्पनीका सञ्चालकहरु आदि बारे राम्रोसंग जानकारी लिएर स्मार्ट इन्भेस्टर बन्नको लागि आवश्यक टिप्सहरु दिनुभएको थियो । उक्त कार्यक्रममा लगभग५० जना लगानिकर्ताहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रम मा सहभागीहरुले समग्र बित्तिय प्रणालिको अवस्था,चुनौती तथा सम्भावना,ब्रोकर सन्ख्या थप्ने वारेमासर्वच्चाको पछील्लो आदेश,Tms प्राणाली मा रहेको समस्या,सन्चालकले गरेको भित्री कारोवार तथा सन्लग्नलाई कारवाहीको बारेमा जिज्ञासा राखेका थिए।साथै नेपाल धितोपत्र बोर्डलाईनियामक मात्र नभई अभिभावकिय भूमिका पनि निर्वाह गरिदिन तथा नेपाल राष्ट्र बैंक सँग आवश्यक समन्वय गर्नकोलागी अनुरोध समेत गरेकाथिए।

दिव्या सेक्युरिटिज् एण्ड स्टक हाउस प्रालि(ब्रोकर नं ५९० ले हाल उपत्यका वाहिर आवारोड (बाग्लुङ,सहिदचोक(कुस्मागरि २ वटा शाखा वाट शेयर कारोवार सम्वन्धी सेवा प्रवाह गरिरहेको छ।

Leave a Reply