म्याग्दीका सोवित गौचनले नयाँ हेलिकप्टर कम्पनीले पहिलो चरणको उडान अनुमति पाएका छन् । नेपाली एक दशकदेखि नेपाली आकाशमा उडान गरिरहेका गौचनले एयर धौलागिरीले उडान लाइसेन्सका लागि संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयबाट उडान अनुमति पत्र पाएको छ ।

क्याप्टेन सोवित गौचनले मन्त्रालयबाट लाइसेन्स पाएको एएरले अब एओसीका लागि नागरिक उड्यन प्राधिकरणमा आवेदन दिएपछि थप प्रक्रिया अगाडी बढ्ने छ । तीनवटा हेलिकप्टरबाट सेवा दिने प्रतिबद्धता जनाएको छ ।

काठमाडौंमा बेस राखेर लाइसेन्स माग गरेको कम्पनीलाई मन्त्रालयमा अनुमति दिएपछि एओसीका लागि नागरिक उड्यन प्राधिकरणमबाट एओसी पाएपछि हेलिकप्टर खरिदको प्रक्रिया अघि बढाउने छ ।

म्याग्दीको बेनी नगरपालिका वडा नं ८ शान्तिटोलका गौचनले म्याग्दी जिल्लाकै धवलागिरी गाउँपालिकाको मुदीमा रहेको विश्वकै सातौं अग्लो धौलागिरी हिमालको नामबाट नयाँ कम्पनी दर्ता गरेका हुन् ।

उनले एयर डाइनेस्टीमा क्याप्टेन, अल्टिच्युट एयरमा अपरेशन डाइरेक्ट सम्हालि सकेका छन्। पछिल्लो समय गौचन हेली एभरेष्टका अपरेशन डाइरेक्टरको जिम्मेबारीमा समेत रहेका थिए ।

यूवा पाइलटमा आफुँलाई अब्बल सावित गरेका गौचनले म्याग्दीमा विपद्मा परेकालाई सहयोग सहित विभिन्न सामाजिक कार्यमा समेत सक्रिय छन् । क्याप्टेन गौचन नेपालमै पहिलो पटक सगरमाथा आरोहण गर्ने हेलिकप्टर पाइलट समेत हुन् ।

हेली एभरेष्ट प्रालिमा कार्यरत हुदाँ क्याप्टेन गौचनले सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका थिए । उनले उच्च हिमाली क्षेत्रमा र पर्यटक र आरोहीलाई हाई अल्टिच्युट एरियाबाट समेत उद्धार गरेका छन् । नेपालमा हाल १३ वटा कम्पनीले हेलिकप्टर सेवा सञ्चालनको अनुमति लिएका छन्।

Leave a Reply