म्याग्दीबाट प्रतिनिधिसभा सदस्य सांसद खमबहादुर गर्बुजा ‘खम्बिर’ पश्चिम म्याग्दीको धवलागिरी गाउँपालिकाको विभिन्न बस्तीमा पुगेर मतदातासँग भेटघाट गरेका छन् ।

बुधबार गाउँपालिकाको वडा नम्बर २ लमसुङ,३ मुना ,४मुदी र ७ ताकमका मतदातालाई धन्यवाद र स्थानीयका समस्या तथा आवश्यक पहिचान गर्ने उद्देश्यले स्थानीयबासीसँग भेटघाट र छलफल गरेका हुन् । चुनाव जितेपछि आफ्नो घरदैलोमा पुगेका सांसद गर्बुजालाई स्थानीयबासीहरुले सडक,पुल ,खानेपानी,भवन, पदमार्ग,खानेपानी र पर्यटन सँग सम्बन्धी योजना माग गरेका छन् ।

मुनाबासीले भवन निर्माण, फलियागाउँ संरक्षण,ताकमबासीले अलपत्र विद्यालय भवन निर्माणलाई सुचारु गर्न,यसअघिको ताकम घना वस्ती विकास कार्यक्रमलाई निरन्तरता दिन ,लमसुङबासीले लघुजलविद्युत आयोजनालाई व्यवस्थित गरिदिन ,खानेपानी र वस्तीलाई नदी कटानबाट जोगाउन ,सडक स्तरोन्नती ,मुदीबासीले पर्यटकीय पदमार्ग निर्माण ,विद्युतीकरण,तातोपानी कुण्डमा शौचालय निर्माण संगै पुर्वाधार निर्माण र ढल निकास लगायत माग गरेका थिए ।

सांसद गर्बुजाले सम्बद्ध कार्यालय र मन्त्रालयसँग समन्वय गरेर सम्भव भए तत्कालै नभए आगामी वर्षको योजना तथा बजेटमा समावेश गर्न पहल गर्ने प्रतिवद्धता जनाए । उनले जिल्लाको विकास र समृद्धीको लागि स्थानीय ,प्रदेश र संघीय सरकारविच सहकार्य हुनुपर्नेमा जोड दिए ।चुनावमा गरेका वाचा अनुसारनै प्रतिवद्ध भएर जनताको सेवा, नीति निर्माण, विकासका क्षेत्रमा काम गरिरहेको बताए ।

आफुहरु निर्वाचित भएपछि जिल्लामा अलपत्र आयोजना सुचारु गर्न र निर्मााणाधिन आयोजनालाई तिब्रता दिनका लागि काम गरिरहेको बताए ।आफ्नो कार्यकालमा दरबाङ–मुना सडक कालोपत्रे र ढोरपाटनलाई सडकले जोड्न प्राथमिकता दिएको बताए । म्याग्दी हुँदै ढोरपाटनलाई सडकले जोड्न सकेमा मध्य पहाडी लोकमार्गको वैकल्पिक मार्गको रुपमा विकास गर्न प्रयत्न गरेको बताउनुभयो ।उहाँले विकासका लागि सबै एक हुनुपर्नेमा जोड दिए ।

जनभेटघाट कार्यक्रममा कांग्रेस म्याग्दीका वरिष्ठ नेता तथा अधिवक्ता चिरञ्जीवि शर्मा ,धवलागिरी गाउँपालिका अध्यक्ष प्रेमप्रसाद पुन ,उपाध्यक्ष रेशम पुन ,वडा नम्बर २ का वडा अध्यक्ष अकप्रसाद विक, वडा नम्बर ३ का वडा अध्यक्ष देविन्द्र रोका,वडा नम्बर ४ वडा अध्यक्ष यामबहादुर घर्ती र वडा नम्बर ७ का अध्यक्ष अशोक खत्री लगायतको सहभागिता रहेको थियो ।

सांसद गर्बुजाले बेनी–दरबाङ सडक आयोजनाको निरिक्षण गर्नुभएको थियो । भने उहाँ संगै धवलागिरी गाउँपालिका अध्यक्ष पुन ,उपाध्यक्ष पुन र प्रम्ख प्रशासकीय अधिकृत लगायतले गाउँपालिकामा निर्माणाधिन योजनाहरुको अनुगमन समेत गरेका थिए ।यसैगरी कांग्रेस म्याग्दीका आमन्त्रित जिल्ला सदस्य नेता धवलागिरी गाउँपालिका–३,फलियागाउँ स्थित स्वर्गिय चकबहादुर मल्लको स्मृतीमा श्रद्धाञ्जली सभा कार्यक्रम समेत गरिएको छ ।

Leave a Reply