दृष्टिविहिन गोपाल खत्रीको शिक्षक बन्ने सपना पूरा भएको छ । स्नातक तहको पढाई सहयोग जुटाएर पूरा गरेका खत्रीले आँखाको ज्योती गुमाएका खत्रीले शिक्षक सेवा आयोगबाट सञ्चालित तीन चरणको परिक्षा उर्तिण गरेर प्राथमिक तहको शिक्षक पदमा सिफारिस भएर नियुक्ति पत्र लिएपछि जीवनको एउटा सपना पुरा भएको बताएका छन्

उच्च शिक्षा पढेर शिक्षक बन्छु भन्ने सपना साकार हुदैन कि भन्ने चिन्ताको पहाड फोडेर लम्किएका खत्रीले नियुक्ती पत्रलाई जीवनको बाँकी यात्राको पहिलो सफलता मानेका छन् ।

‘प्रशिक्षकले भनेको कुरा बे्रल लिपीमा लेखर छामेर पढ्दै शिक्षा आयोगको तयारी गरेको थिए’ खत्रीले भने। सुनकै आधारमा दिनरात परीक्षाको तयारीमा जुटेका खत्रीले धेरै रात हातमा ब्रेल लिपी राखेरै विताए ।
उनले शिक्षक आयोगको अनलाइन कक्षा सहित पुस्तक सिडी (अडियो)मा नपाईने पाठ्क्रमलाई विभिन्न माध्यमबाट खोजेर तयारी गर्थे ।

यहाँसम्म आइपुग्दा उनले भोगेको उतारचढावको ग्राफ भने असामान्य छ ।आर्थिक रुपमा विपन्न खत्रीले म्याग्दी बहुमुखी क्याम्पसमा विभिन्न संस्था र ब्यक्तिको सहयोगमा स्नातक तहकसम्मको पढाई सकेपछि घरमा र पोखरामा पुगेर तयारी कक्षामा सहभागी भएका थिए। सेतो छडी (ह्वाईट क्यान)को सहायताले हिड्ने उनी पूर्ण रुपमा दृष्ष्टिविहिन छन् ।

सहयोगी राखेर उसले पढेको आधारमा त्यसलाई मोवाईलमा रेकर्ड गरी अध्यायन गर्ने गरेका खत्रीले मेहनत गरे शिक्षक आयोगमा नाम निकाल्न सकिने बताए। ‘मेरो यात्रा अव शैक्षिक क्षेत्रमै हुन्छ,‘अपाङ्गमैत्री संरचना नभएका विद्यालयमा सास्ती भएपनि निरन्तर मेहनत गर्छु’ उनले भने ।

आर्थिक अभावकै कारण उच्च शिक्षाबाट झण्डै बन्चित भएको अवस्थामा सहयोग जुटाएरै क्याम्पससम्मको पढाईमा सहयोगी भूमिका खेल्नेहरूबाटै यो दिनसम्म आएको बताए ।‘एक सफल शिक्षक बन्छु,‘अब माविमा नाम निकालेपछि मेरो अर्को सपना पूरा हुन्छ’ खत्रीले भने ।

आँखा नदेख्नु भनेको ज्ञान नदेख्नु, सीप नदेख्नु भन्नेहरूलाई नतिजाबाट देखाउन सफल भएको बताए ।उनले दृष्टिविहीन विद्यार्थीलाई शिक्षक आयोगको तयारीमा समेत सहयोग गर्ने बताए । खत्रीजस्तै बेनी नगरपालिका–९ काउलेगौडाका काशिराम विकले समेत शिक्षा पेसामा स्थायी हुने ठूलो सपना पूरा भएको बताए ।

म्याग्दीको धवलागिरी गाउँपालिका–४, मुदीको नरवाङ आधारभुत विद्यालयमा अस्थायी शिक्षक हुदै शिक्षण पेशामा लागेका विकले शिक्षक आयोगको प्रावि तहमा स्थायी भएपनि निमावी र मावि तहको परीक्षाको तयारीमा समेत जुटेको बताए ।

आत्मविश्वास र परिवारका सदस्य र आयोगको तयारीमा प्रशिक्षकहरूले दिलाएको भरोसाका कारण सफलता मिलेको उनले बताए । ‘यहाँसम्म आइपुग्दा धेरै रात नसुति विताएको छु,‘लुकिलुकी तयारी गरेको छु’ शिक्षक विकले भने ।

उनले दृष्टिविहिन हुनु भनेको शारीरिक कमजोरीको रुपमा लिनेलाई यसपटक नतिजाबाट देखाउन सफल भएको बताए। उनले खुल्लाबाटै नाम निकाल्न सफल भएको बताए । भन्ने र सुन्ने बानीका कारण धेरै दृष्टिविहिनहरू शिक्षक र लोकसेवा आयोगको तयारीबाट बन्चित भएको उनले बताए ।

सुनेर पढ्ने र आँफूले भनेको अरुले लेख्दिने हुँदा धेरै दृष्टिविहिनहरुलाई अक्षर संरचनाको ज्ञान नभएकाले मावि तहसम्मको पढाईबाट समेत बन्चित हुनु्पर्ने भएकाले शिक्षण पेशासँगै अपाङ्ताको क्षेत्रमा समेत सक्रिय हुने बताए । म्याग्दीमा प्राथमिक तहमा १०० जना शिक्षक स्थायी नियुक्त भएकोमा खत्री र विकसँगै अन्नपूर्ण गाउँपालिका–३ दानाका सुजन बुढाथोकी अपाङ्ग छन् ।

Leave a Reply