---Advertisement---

म्याग्देली विद्यार्थी परिवारको अध्यक्षमा सरिता थापा चयन

On: April 13, 2023 11:21 PM
Follow Us:

म्याग्देली विद्यार्थी परिवार काठमाडौको ११ औं अधिवेशनबाट सरिता थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको छ ।

नयाँ बर्ष २०८० सालको पावन अवसरमा आयोजित शुभकामना आदानप्रदान तथा नयाँ कार्यसमिति चयन गर्ने भेलाबाट उपाध्यक्षमा विनोद खत्री, गोकर्ण बरुवाल, सचिव मदन सापकोटा, सहसचिव मन्दिप मल्ल, कोषाध्यक्ष सुस्मिता आचार्य, सहकोषाध्यक्ष रनिल जुग्जाली मगर रहनुभएको छ ।

त्यसैगरी सदस्यहरूमाचपेन्द्र गुरुङ, यामुना सिर्पाली, विनय सापकोटा,स्मृति कँडेल, हिरामोती जुग्जाली र सागर भण्डारी रहेको म्याग्देली विद्यार्थी परिवारले जनाएको छ । अधिवेशनको प्रा.डा.हुम बहादुर बरुवालले उद्घाटन गदैं विद्यार्थीको एकता र सहकार्यबाट धेरै सामाजिक एवम् मानवीय सेवा भएको बताउनुभयो ।

म्याग्देली विद्यार्थीको साझा संस्थाको रुपमा स्थापित भएको संस्थामार्फत कोरोनाको समयमा समस्यामा परेका म्याग्देली विद्यार्थीलाई सहयोग तथा राहत वितरण, जिल्लास्तरीय प्रतियोगिता, रक्तदान कार्यक्रम सहित विभिन्न गतिविधिबाट संस्थालाई बलियो बनाउन महत्वपूर्ण भूमिका खेलको निर्वतमान अध्यक्ष केशरी शर्माले बताउनुभयो ।

५६ हजार ऋण सहित जिम्मेबारी सम्हाल्नुभएकी शर्माले नेतृत्व हस्तान्तरण गर्दा ३ लाख ५६ हजार बचत रहेको बताइएको थियो । कार्यक्रममा परिवारकी संस्थापक अध्यक्ष शुशिला शेरचन, याम श्रेष्ठ, दिप छन्त्याल, लगायतको उपस्थिती रहेको थियो ।

नवनिर्वाचित अध्यक्ष थापाले विद्यार्थीको हकहित र सामाजिक एवम् मानवीय सेवाम सक्रिय रहने बताउनुभयो । परिवारमा म्याग्दीबाट अध्ययनका लागि काठमाडौमा पुगेका विद्यार्थीहरु आवद्ध छन् । संस्थाले म्याग्देली विद्यार्थीहरुलाई संगठित गरेर विभिन्न सामाजिक र रचनात्मक क्रियाकलाप गर्दै आएको छ।