अन्नपूर्ण बेनी धवलागिरी मंगला मालिका रघुगंगा म्याग्दी पर्वत बाग्लुङ देश गण्डकी

---Advertisement---

म्याग्दीमा पर्यटक सवार वस दुर्घटना: चार जना घाइते

On: April 14, 2023 11:01 AM
Follow Us:
---Advertisement---

म्याग्दीको रघुगंगा गाउँपालिका–१ तिप्ल्याङमा शुक्रवार विहान १० बजे पर्यटक सवार यात्रुवाहक वस दुर्घटना हुँदा चार जना घाइते भएका छन् ।

काठमाडौँदेखि पर्यटक लिएर मुस्ताङ हिँडेको बा ३ ख ९६४७ नम्बरको बस म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ तिप्ल्याङमा दुर्घटना हुँदा चार जना घाइते भएका जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायव उपरिक्षक मदन कुवँरले बताउनुभयो ।

प्रनाउ कुवँरका अनुसार घाइत चारजनालाई उपचारका लागि अन्नपूर्ण गाउँपालिकाको गाडीमा राखेर सदरमुकाम बेनी स्थित बेनी अस्पतालमा ल्याइँदै छ । वसमा २१ जना यात्रु एक चालक र एक सहचालक गरि बसमा २३ जना सवार रहेको उहाँले जानकारी दिनुभयो । अहिले घटनास्थलमा प्रहरी टोली पुगेको प्रनाउ कुवँरले बताउनुभयो । अन्य यात्रु सकुशल रहेको बताइएको छ ।

धु्रबसागर शर्मा

धु्रबसागर शर्मा बेनीअनलाइनका संवाददाता हुनुहुन्छ।