अन्नपूर्ण बेनी धवलागिरी मंगला मालिका रघुगंगा म्याग्दी पर्वत बाग्लुङ देश गण्डकी

---Advertisement---

ताकमकोतमा हनुमानको मूर्ती (फोटो)

On: April 14, 2023 5:58 PM
Follow Us:

म्याग्दीको धवलागिरी गाउँपालिका–७ मा रहेको ऐतिहासिक ताकमकोतमा करिब तीस लाखको लागतमा हनुमानको मूर्ति स्थापना गरिएपछि चहलपहल सुरु भएको छ ।  १२ फिट अग्लो हनुमानको मूर्ति आसपासमा तस्वीर खिच्नेको घुईचो लागेको छ ।

मूर्ति स्थापनाका लागि धवलागिरी गाउँपालिकाले चालु आर्थिक वर्ष २०७९÷८० मा तीन लाख पचास हजार रुपैयाँ बिनियोजन गरेको थियो । मूर्ति स्थापनाका लागि २९ लाख २७ हजार ५०० रुपैयाँ खर्च भएको र दाताबाट २४ लाख ४० हजार रुपैयाँ सहयोग जुटेको स्थानीय पत्रकार गोपाल आचार्यले बताए ।

अमेरिकामा रहेका ताकमका रघुनाथ सुवेदीको अगुवाइमा मूर्ति स्थापनाका लागि आर्थिक सहयोग संकलन गरिएको थियो । सोहै औं शताब्दीमा निर्माण भएको ताकमकोत वि.स १९९० र २०७२ को भूकम्पका कारण जिर्ण बनेको थियो ।वि.स १२४६ देखि १५४५ सम्म बगाले थापाको र १५४६ देखि १८८२ सम्म मल्ल राजाले कोत घरको रुपमा समेत प्रयोग भएको उक्त मन्दिरमा ऐतिहासिक महत्वका तोप,तरबार,खुँडा,खुकुरी, ढाललगायतका हातहतियार छन् ।