बेनी नगरपालिका–१ थाड्नेबगरका ४० बर्षिय सन्तोष बोगटीको मृत्यु प्रकरणमा प्रहरीले अनुसन्धान सुरू गरेको छ ।

बुधबार राती बेनी–बागलुङ सडकखण्ड अन्तरगत रत्नेचौरबाट बेनीतर्फ आउँदै गरेका बोगटीको शव हुलाकेडाँडाको भीरबाट खसेको अवस्थामा बिहिबार विहान फेला परेपछि मृतकका परिवारले दिएको किटानी जायरीका आधारमा मृतक बोगटीसँगै रहेका एक यूवालाई नियन्त्रणमा लिएको छ ।

बुधबार राती रत्नेचौरमा आफन्तसँग खानपिन गरी बोगटी फर्किने बेलामा बाटोमा मोटरसाइकल बिग्रिएपछि हेलमेटसँगै पैदलयात्रा मार्फत आउँदै गरेको र अर्को साथीले करिब १५ मिनेट पछि मोटरसाइकल लिएर बेनी घरमा छोडेका थिए ।

मृतक बोगटीसँगै आएका साथीले प्रहरीलाई दिएको प्रारम्भीक बयानमा मोटरसाइकल पल्टिएपछि आफुँले मोटरसाइकल लिएर आउँदा बाटोमा नदेखेको र घर बाहिर ल्याएर छोडिदिएको बताएका छन् । बुधबार राती ८ः३० बजेसम्म परिवारसँग सम्पर्कमा रहेका बोगटीले घर फर्किदै गरेको जानकारी गराएको बुझिएको छ ।

घटनास्थलमा मृतक बोगटीको शव भीरबाट तल खसेको अवस्थामा भेटिएको थियो । जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरिक्षक एवम् सूचना अधिकृत किरण लामाले बेनीअनलाइनसँग गरेको कुराकानीमा मृतकसँग बेनीबाट गएका र फर्किने बेलामा सँगै आएका यूवा र दुबै यूवासँग रत्नेचौरमा भेटिएकाहरुसँग बयान सुरु गरिएको छ ।

‘आज पोष्टमार्टम गरिएको छ,‘रिर्पोट आएपछिघटनाबारे गम्भिरतापूर्वक अनुसन्धान गरिने छ’ प्रहरी निरिक्षक लामाले भने । प्रहरीले बेनीबाट जाँदै गरेको अवस्थामा र फर्किने बेलामा देखेका सबैलाई सम्पर्कमा आउन समेत अनुरोध गरेको छ ।

मृतकका परिवारले घटना रहस्यमय भएकाले अनुसन्धान गरिदिन निवेदन दिएका छन् । मृतक बोगटी फर्किने बेलामा शौच गर्न खोजेजस्तो समेत देखिन्छ । मृतकका परिवारले घटनालाई शंकास्पद भन्दै अनुसन्धानका उपलब्ध सबै प्रविधि र उपकरणको प्रयोग गर्न समेत माग गरेका छन् ।

अनुसन्धानको क्रममा अन्य परिस्थितिजन्य आधारलाई केन्द्रमा राखेर प्रहरीले अनुसन्धान गर्नुपर्ने पीडितका आफन्तको भनाई छ । घटनाको थप पुष्ट्याइँका लागि शवको भिसेरा र डायटम परीक्षणको समेत आवश्यकता देखिएको छ ।

सडकखण्ड नजिकै हेलमेट भेटिएको र भिरबाट खसेको अवस्थामा शब भेटिएकाले हेलमेट भेटिएको र शब भीरबाट खसेको अवस्थामा भेटिएकाले फरेन्सिक परीक्षणमा भिसेरा रिपोर्टले मृत्यु हुनुअघि खाएको कुराबारे बताउनेछ भने डायटमले मृत्युपछि व्यक्तिलाई फालिएको हो वा लडेर घटना भएको हो भन्ने बारेमा संकेत दिन्छ । प्रहरीले थप अनुसन्धानका लागि पोष्टमार्टमको रिर्पोटपछि सक्रियता देखाउने जनाएको छ ।

Leave a Reply