भीरबाट खसेर मृत अवस्थामा भेटिएका बेनी नगरपालिका-१ थाड्नेबगरका ४० बर्षिय सन्तोष बोगटीको शनिबार अन्तेष्टी गरिएको छ । बुधबार राती बेनी–बागलुङ सडकखण्ड अन्तरगत रत्नेचौरबाट बेनीतर्फ आउँदै गरेका बोगटीको बिहिबार विहान हुलाकेडाँडाको भीरबाट खसेको अवस्थामा शब भेटिएपछि पोष्टमार्टम गरी परिवारको जिम्मा लगाइएको थियो ।

बुधबार राती रत्नेचौरमा आफन्तसँग खानपिन गरी बोगटी फर्किने क्रममा सम्पर्कविहिन भएपछि खोजीकार्य गर्दा भीरबाट खसेको अवस्थामा शब भेटिएपनि मृतकका परिवारले नियोजित घटना घटाइएको किटानी जायरीका आधारमा मृतक बोगटीसँगै रहेका एक यूवालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिहेको छ ।

जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरिक्षक एवम् सूचना अधिकृत किरण लामाका अनुसार घटना घटेको दिन मृतकसँगै रहेका र देखेकालाई बयान लिने क्रम सुरु भएको बताए ।

‘पोष्टमार्टम रिर्पोट आएको छैन,‘रिर्पोटपछि थप अनुसन्धानमा सहज हुन्छ’ लामाले भने । उनले एउटै मोटरसाइकलमा फर्किएकालाई आइतबार म्याद थप गरी अनुसन्धान थप अगाडी बढाउने बताए ।

शनिबारसम्म ७ जनाको बयान लिइएको बताउँदै प्रहरी निरिक्षक लामाले यो क्रम जारी रहेको बताए ।अनुसन्धानका आधार तय भएपछि प्रहरीले जानकारी गराउने जनाएको छ । ’सत्य तथ्यको गहिराइमा पुगेपछि प्रहरीले जानकारी गराउने जनाइएको छ ।

यो घटनाको अनुसन्धानमा जिल्लाबाट उपलब्ध स्रोतसाधनले अपुग भएमा जिल्ला बाहिरबाट अनुसन्धानलाई अन्तिम रुप दिन टोली खटिन सक्ने जनाइएको छ । बुधबार राती बेनी फर्किने क्रममा बाटोमा मोटरसाइकल बिग्रिएपछि मृतक हेलमेटसँगै पैदलयात्रा मार्फत आउँदै गरेको र मृतकसँगै रहेका अर्का यूवाले करिब १५ मिनेट पछि मोटरसाइकल लिएर बेनी घरमा छोडेका थिए ।

मृतक बोगटीसँगै आएका साथीले प्रहरीलाई दिएको प्रारम्भीक बयानमा मोटरसाइकल पल्टिएपछि आफुँले मोटरसाइकल लिएर आउँदा बाटोमा नदेखेको र घर बाहिर ल्याएर छोडिदिएको बताएपछिको अवस्था संकास्पद देखिएको छ ।

रत्नेचौरबाट बेनी आएर घर बाहिर मोटरसाइकल छोडेपछि परिवारलाई चावी र मृतक आए नआएको जानकारी नलिएको, रत्नेचौरमै समान्य झगडा भएको, मदिरा सेवनको क्रममा रहेका अन्य प्रत्यक्षदर्शीको भनाईलाई प्रहरीले प्रारम्भीक अनुसन्धानको आधार बनाएको छ ।

यो घटनामा मृतकको शब भेटिएको स्थान नै शंस्कापद छ । मृतकले प्रयोग गरेको भनिएको हेलमेट भएको स्थान आसपासमा रहेको ढुंगा आसपासमा कुनै निशान देखिदैन भने मृतकको शब भेटिएको स्थानमा दुबै जुत्ताको लोकेशन फरक छ भने पछाडी बोकेका झोला सिरानी हालेको अवस्थामा थियो।

मृतक र उनका साथीहरु रत्नेचौरबाट राती ८ बजेपछि हिडेको थिए । साढे ९ बजेतिर घटना घटेको अनुमान गरिएको छ । मृतक बोगटीको साढे ८ बजे आसपासमा परिवारसँगै सम्पर्क हुदाँ रत्नेचौरबाट फर्किदै गरेको जानकारी गराएका थिए ।

त्यस्तै मृतकसँगै रहेका उनका साथीले राती ११ बजे ४६ मिनेटमा बाईक ल्याएर मृतकको पसल अगाडी छोडेको देखिन्छ । घटना घटेको करिब डेढ घण्टासम्म परिवारका सदस्यसँग सम्पर्क नहुनुलाई समेत अनुसन्धानको आधार बनेको छ ।

एउटै मोटरसाइकलमा बेनी फर्किदै गरेको अवस्थामा मोटरसाइकल घरमा ल्याउँदा परिवारका सदस्यलाई विहान मात्रै जानकारी दिनु, रातीको समयमा खोजीकार्यमा सक्रिय नहुनु, विहान मृतकको शब भेटिएपछि परिवारलाई पहिलोपटक जानकारी दिनु, खोजीकार्यमा ढिलाई हुनु जस्ता गतिविधि देखिएको भन्दै मृतकका परिवारले अनुसन्धानका लागि गम्भीर हुन सम्बन्धित निकायलाई अपिल गरेको छ ।

बेनी–रत्नेचौर सडकखण्डमा पछिल्लो समय बेनी–मालढुंगा सडकखण्डको बाटो अबरुद्ध भएकाले म्याग्दी र मुस्ताङ भित्रिने र बाहिरिने सवारीसाधन बेनी–बागलुङ सडकबाट आवतजावत गर्नछन् । उक्त घटना आसपासको समयमा भेटिएका ट्याक्टर चालकले दिएको बयानले घटनालाई थप रहस्यमय बनाएको छ । मदिरा सेवन गरेपछि झगडा भएको देखेका प्रत्यक्षदर्शीले समेत बयान दिएका छन ।

मृतक र हाल प्रहरीको हिरासतमा रहेका यूवा बालुवाको ब्यवसायमा संयुक्त लगानी गरेका छन् । जिल्लामा गरिएको पोष्टमार्टम रिर्पोटले मात्रै अनुसन्धानको गहिराइमा पुग्न नसकिने अवस्थामा घटनाको थप पुष्ट्याइँका लागि शवको भिसेरा र डायटम परीक्षणको समेत आवश्यकता देखिएको छ ।

सडकखण्ड नजिकै हेलमेट भेटिएको र भिरबाट खसेको अवस्थामा शब भेटिएकाले हेलमेट भेटिएको र शब भीरबाट खसेको अवस्थामा भेटिएकाले फरेन्सिक परीक्षणमा भिसेरा रिपोर्टले मृत्यु हुनुअघि खाएको कुराबारे बताउनेछ भने डायटमले मृत्युपछि व्यक्तिलाई फालिएको हो वा लडेर घटना भएको हो भन्ने बारेमा संकेत दिन्छ । घटनाको बारेमा स्थलगत छानबिन तथा अनुसन्धान गर्न तालिमप्राप्त कुकुरलाई समेत प्रयोग गर्नुपर्ने बताइएको छ ।

 

Leave a Reply