विश्व हिन्दु महासङ्घ नेपाल, जिल्ला शाखा म्याग्दीद्वारा आयोजित मातृ‌शक्ति प्रशिक्षण एवम् नववर्ष २०८० को शुभकामना आदानप्रदान कार्यक्रम २०८० वैशाख २ गते बेनी शिवालयको प्राङ्गणमा सम्पन्न भएको छ ।

उक्त कार्यक्रम पूर्वसत्र र उत्तर सत्र गरी दुई चरणमा सम्पन्न भएको थियो । पूर्वसत्र‌को कार्यक्रम‌को अध्यक्षता जिल्ला महिला सङ्‌घकी संयोजक भावना पौडेलले गर्नुभएको थियो ।

उक्त कार्यक्रमको प्रमुख आतिथ्य विश्वहिन्दु महास‌ङ्‌घ नेपालकी केन्द्रीय उपाध्यक्ष पार्वती पौडेलले ग्रहण गर्नुभएको थियो । स्वस्तिवाचनबाट सुरुभए‌को सो कार्यक्रममा विश्वहिन्दु महासङ्घ नेपाल जिल्ला शाखाका कोषाध्यक्ष मीनाकुमारी शर्माले स्वागत मन्तव्य दिनुभएको थियो भने जिल्ला अध्यक्ष दण्डपाणि उपाध्याय, केन्द्रीय सदस्य कृष्णप्रसाद आचार्यद्वारा मन्तव्य दिइएको थियो ।

कार्यक्र‌ममा आजीवन सदस्यहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो भने कन्याहरूद्वारा भजन नृत्य प्रदर्शन गरिएको थियो । अध्यक्षको मन्तव्यपछि पूर्व सत्र समापन भई उत्तर सत्रको प्रशिक्षण कार्यक्रम सुरु भएको थियो । उत्तर सत्रको कार्यक्रमको अध्यक्षता विश्वहिन्दु महासङ्घ जिल्ला कार्य समिति म्याग्दीका अध्यक्ष दण्ड‌पाणि उपाध्यायले गर्नुभएको थियो ।

प्रशिक्षण कार्यक्रमको सहजीकरण केन्द्रीय उपाध्यक्ष पार्वती पौडलले गर्नुभएको थियो । प्रशिक्षणमा मातृशक्तिलाई जागरण गर्ने उद्देश्यले उहाँले विभिन्न शास्त्रीय स्रोतहरूबाट उदाहरण दिनुभएको थियो ।

प्रशिक्षण तथा शुभकामना आदान प्रदान कार्यक्रममा विभिन्न सङ्‌घ संस्थाका पदाधिकारी, विश्वहिन्दु महासङ्‌घ नेपाल म्याग्दी शाखाका पदाधिकारी, विशिष्ट व्यक्ति व्यक्तित्व, महिला लगायत १०५ जनाको उपस्थिति थियो । प्रमुख अतिथिलाई कार्यक्रमको अन्त्यमा शाखा अध्यक्षद्वारा मायाको चिनो वितरण गरिएको थियो । उक्त कार्यक्रमको सञ्चालन रामप्रसाद सुवेदीले गर्नुभएको थियो ।

Leave a Reply