हवाई टिकट काट्ने पैसासमेत नभएर नेपाल आउन नपाई कतारमा अलपत्र परेकी म्याग्दीकी एक महिलालाई म्याग्दी प्रवासी नेपाली संघ मोना कतारले उद्धार गरेको छ ।

श्रीमानको मृत्युपछि  स्वदेश फिर्तीको प्रतिक्षामा रहनुभएकी म्याग्दीको मालिका गाउँपालिका वडा नं ३ इग्रेकी कल्पना विकलाई कम्पनीले घर फर्किने टिकट र दुई महिनाको तलब समेत उपलब्ध नगराएपछि मोना कतारले हवाई टिकटको प्रबन्ध गरी नेपाल पठाएको हो ।

मोना कतारका अध्यक्ष राजु पौडेल र मोना कतार बहुउदेश्यीय अक्षय कोषका अध्यक्ष बिक्रम कार्कीले स्वदेश फिर्ती सहितको अभियानमा सहयोग रहने प्रतिबद्धता जनाएका छन् ।

बैदेशिक रोजगारीको क्रममा यूएईमा एउटा हात गुमाएका श्रीमानले खर्च चलाउन नसकेपछि कतार गएकी कल्पनाको चार महिनामै रोजगारी गुमेपछि अलपत्र परेको अवस्थामा उद्धार गरिएको मोना कतारका अध्यक्ष पौडेलले बताए ।

‘उहाँलाई हामीले घरमा पुगेपछि पनि सहयोगको प्रतिबद्धता जनाएका छौ,‘कतारमा समस्यामा परेकालाई सम्पर्कमा आउन समेत अनुरोध गछौ’ अध्यक्ष पौडेलले भने ।

सहयोग हस्तान्तरण कार्यक्रममा बरिष्ठ उपाध्यक्ष बाबुराम भण्डारी, महिला संयोजक टिका रोका मगरको उपस्थितीमा टिकट खर्च सहित नेपालसम्म पठाउन सहयोग गरिएको थियो ।

दुई छोराछोरी रहेका परिवारमा घर खर्च चलाउन समेत समस्या भएपछि कतारमा आएको विकले बताईन् । मोना कतारले अक्षय कोषमार्फत कतारबाट फर्किएकालाई समेत सहयोग गर्ने जनाएको छ ।

Leave a Reply