भीरबाट लडेर म्याग्दीको धवलागिरी गाउँपालिकामा एक युवाको ज्यान गएको छ ।  प्रहरीका अनुसार धवलागिरी गाउँपालिका–४ खाम्लाको भीरबाट लडेर सोही वडाको नाउराका अन्दाजी २४/२५ वर्षीय महेन्द्र दर्जीको मृत्यु भएको हो ।

प्रहरी निरीक्षक किरन लामाका अनुसार शनिबार दिउँसो मृत भेटिएका दर्जीको शव परीक्षणका लागि बेनी अस्पतालमा राखिएको छ । अनुसन्धानका लागि आइतबार घटनास्थलमा प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको छ । मृतक दर्जी खाम्लामा आयोजित मेला हेर्नका लागि आएका थिए । परिवारका सदस्यले दर्जीको मृत्युलाई शंकास्पद भनेर अनुसन्धानका लागि प्रहरीमा उजुरी गरेका छन् ।

Leave a Reply