डिभिजन बन कार्यालयको प्रवेशद्धार आसपासमा विभिन्न सन्देशमुलक सूचना र बन्यजन्तुको चित्र उतादैं गरेका मंगला गाउँपालिका–२,तल्ला डडुवाका २४ बर्षिय रुपक खाती आर्ट ब्यवसायी हुन् ।

डिभिजन बन कार्यालयमा खाती र राम सोनामले सुन्दर वाल पेन्टिङ गरेका छन् । दुबैजनाले हरेक पेन्टिङ निकै मेहेनत गरेर र आफूलाई मन छुने वाल पेन्टिङको रूपमा तयार गर्छन् ।

१३ बर्षको उमेरदेखी नै आर्ट पेशामा रुची रहेका खातीले ८० हजारको लगानीमा सुरू गरेको ब्यवसाय अहिले फराकिलो बन्दै गएको छ।

विद्यालय उमेरमा साना–साना चित्रहरु कापीमा कोर्दै जाँदा विद्यालयस्तरमा चित्रकला प्रतियोगितामा समेत प्रथम भएका खातीले बाल्यकालमै विभिन्न किसिमका चित्र बनाएर कमाउन थालेका थिए ।

सामान्य परिवारमा जन्मिएका खातीको ब्यवसायले घरखर्च चलाउन सहज मात्रै भएको छैन मासिक १ लाखको हाराहारीमा कमाई समेत गर्ने गरेका छन् ।

सन्देशमुलक सूचनासँगै विभिन्न कलाकार तथा सेलिब्रेटीलाई भित्तेचित्रमा उतार्ने बाल्यकालको सोख अहिले ब्यवसायमा रुपान्तरण भएको छ । ‘पेन्टिङ मेरो बाल्यकालदेखि कै साथी हो र जीवनभर नै मेरो साथ हुनेछ’ उनले भने ।

सेवाग्राहीको माग र चाहना अनुसार आफुले सेवा दिन सक्षम भएको खातीले बताए ।‘गुणस्तरीय काम गर्न सकेमा ग्राहकको समस्या छैन,‘कला र सीपबाट सेवाग्राही समेत सन्तुष्ट देख्छु’ उनले भने । सबैजनाले वाल पेन्टिङको प्रशंसा गरेर यस क्षत्रमा अझै निखार ल्याउने अर्का ब्यवसायी राम सोनामले बताए ।

‘मैले यो काम गरिरहँदा घर परिवारबाट राम्रो सहयोग पाएको छु ।यो पेशामा परिवारको साथले थप सहज भएको छ’ सोनामले भने । उनले बन कार्यालय अगाडी काम गदैं गर्दा धेरैले दुैबजनाको क्षमता देख्ने अवसर समेत पाएको बताए ।

म्याग्दी जिल्लामा पाइने विभिन्न बन्यजन्तुको चित्र कोदैं गर्दा पैदलयात्रीले समेत लामो समय हेरेर बस्ने गरेको बताए । बैदेशिक रोजगारीमा गएर फर्किएका सोनामले अब पेन्टिङलाई निरन्तरता दिने बताए ।

‘आफ्नो पेशाबाट सन्तुष्ट हुन कोरेको भित्तेलेखनलाई हेरे पुग्छ,मलाई कलात्मक सन्तुष्टि मिल्नुका साथै आर्थिक रूपमा पनि त्यत्तिकै सहयोग पु¥याएको छ,’ उनले भने । खाती र सोनाम सदरमुकाम बेनीबजार बाहेक पनि अन्य स्थानमा पुगेर सेवा दिने गरेका छन् ।

आर्ट सम्बन्धि सबै ज्ञान रहेकाले मासिक १ लाख कमाउने गरेको बताउँछन् । आफ्नो कलाबाट म्याग्दी जिल्ला र आसपासका क्षेत्रमा पुगेर भित्ताहरू अझै सिँगार्नुपर्ने भएकाले यस ब्यवसायलाई थप फराकिलो बनाउने उनीहरुको लक्ष्य छ ।

इनामेलको सहयोगमा बनाइने कला र सीपलाई अन्य बेरोजगार युवाहरुलाई सिकाउन सकेमा आर्ट व्यवसायबाट आत्मनिर्भर हुनका साथै बेरोजगारको समस्या समेत समधान हुने उनीहरुको भनाई छ ।

Leave a Reply