म्याग्दीस्थित अन्नपूर्ण हिमाल आरोहणको क्रममा बेपत्ता भएकी प्रसिद्ध भारतीय पर्वतारोही बलजीत कौर जीवितै जिवित उद्धार गरिएको छ । आरोहणका क्रममा हराएकी भारतीय पर्वतारोही बलजीत कौरलाई चमत्कारी मोडमा उद्धार गरिएको थियो ।

काठमाडौंको पायोनिर ट्रेकिङ कम्पनीमार्फत अन्नपूर्ण आरोहणमा गएकी भारतीय आरोही बलजित कौरको ७ हजार पाँच सय मिटर उचाइबाट कैलाश एयरको हेलिकप्टरमार्फत मंगलबार दिउँसो उद्धार गरिएको उद्धारमा सक्रिय टोलीले जनाएको छ । जिवितै उद्धार गरिएकी कौर भारतीय पर्वतारोहीमा प्रख्यात छिन् ।

एक हवाई खोज टोलीले पूरक अक्सिजन प्रयोग नगरी हिमाल चढेको कौरलाई फेला पारेको थियो। आरोहणको क्रममा २७ वर्षीया कौर सोमबार रेडियो सम्पर्कबाट बाहिर गएपछि उनको मृत्युको आशंका गरिएको थियो ।

जिवितै उद्धार हुने सम्भावना न्यून रहेको अवस्थामा एक्कासी देखिएपछि उद्धार गरिएको टोलीमा सहभागी म्याग्दीका पर्यटन ब्यवसायी इन्द्रसिंह शेरचनले बताए । ‘उनले दोस्रो जन्म लिएको महसुस गरेकी छन्,‘यो उद्धारलाई हामीले पनि चमत्कारी मानेका छौ’ शेरचनले भने ।

‘तत्काल मद्दत’ माग्न रेडियो सिग्नल पठाएपछि मंगलबार बिहान एउटा हवाई खोज अभियान सुरु गरिएको थियो। यसैबीच ‘सेभेन समिट ट्रेक्स ’बाट आरोहणमा गएका आरोही नोयल हन्नाको मृत्यु भएको छ। उनको शव ६ हजार मिटरको उचाइबाट आज दिउँसो आधार शिविरमा ल्याइएको छ। सेभेन समिट ट्रेक्सबाट आरोहणमा गएका भारत राजस्थान किसनगढका ३४ वर्षीय अनुराग मालु बेपत्ता भएका छन्। म्याग्दीमा ८ हजार मिटर अग्लो धौलागिरी र अन्नपूर्ण हिमाल पर्छ । यसबर्ष अन्नपूर्णमा आरोहण गर्नेको आर्कषण देखिएको छ ।

Leave a Reply