मंगोल नेशनल अर्गनाईजेसन म्याग्दी जिल्ला सभाको तेस्रो जिल्ला अधिवेशन आगामी बैशाख ९ गते हुने भएको छ । म्याग्दीको सदरमुकाम बेनीबजारमा हुने अधिवेशनको प्रचारप्रसार सहित आवश्यक तयारीमा जुटेको मंगोल नेशनल अर्गनाईजेसन म्याग्दीका संयोजक डेग बहादुर पुन डिकेले जानकारी दिए ।

उनका अनुसार अधिवेशनबाट नयाँ नेतृत्व चयनसँगै आगामी रणनीतिका बारेमा समेत छलफल हुने छ । अधिवेशन लगत्तै जिल्लाभर अभियानलाई तिब्रता दिने समेत उनले बताए। अधिवेशनमा प्रभातफेरी,सांगीतिक कार्यक्रम सहित विभिन्न कार्यक्रम तय गरिएको छ ।

“गाउँ गाउँ बस्ती बस्ती जाआँै, मुलवासी मंगोल जगाऔँ, अस्तित्व जोगाऔँ”ँराष्ट्रिय अभियानसँगै अबका निर्वाचन सहित विभिन्न गतिविधिमा अधिवेशनबाट चुनिने नयाँ नेतृत्वले सक्रियता देखाउने उनले बताए । अधिवेशनलाई दिपक पुनको संयोजकत्वमा आर्थिक संकलन समिति समेत गठन गरिएको छ ।

मंगोलले आफ्नो अस्तित्व स्थापित गर्ने भन्दै वर्णभेदी नितिको खुलेर विरोध गर्ने गरेको छ । नेपालको संविधानले आर्य र मंगोलको अस्तित्वमा विभेद गरेको भन्दै हक अधिकार र अस्तित्व प्राप्तीका लागि बैचारिक बहस, कलम र विचारको युद्धबाट शसक्त भएर अगाडी बढ्ने अभियानमा महोल बढ्दै गएको मंगोल नेशनल अर्गनाईजेसनले जनाएको छ ।

Leave a Reply