भीरबाट खसेर मृत अवस्थामा भेटिएका बेनी नगरपालिका–१ थाड्नेबगरका ४० बर्षिय सन्तोष बोगटीकोे मृत्युको कारण खुलेको छैन । रत्नेचौरबाट बेनी आउने क्रममा चैत्र २९ गते रातीदेखि सम्पर्कविहिन भएका बोगटी भोलीपल्ट विहान मृत फेला परेका थिए ।

बेनी–बागलुङ सडकखण्ड अन्तरगत रत्नेचौरबाट बेनीतर्फ आउँदै गरेका बोगटीको हुलाकेडाँडाको भीरबाट खसेको अवस्थामा शब भेटिएपछि पोष्टमार्टम गरी परिवारको जिम्मा लगाइएपछि शनिबार अन्तेष्टी गरिएको थियो ।

रत्नेचौरमा साथी र आफन्तसँग खानपिन गरी बोगटी फर्किने क्रममा सम्पर्कविहिन भएपछि खोजीकार्य गर्दा भीरबाट खसेको अवस्थामा शब भेटिएपनि मृतकका परिवारले नियोजित घटना घटाइएको किटानी जायरीका आधारमा मृतक बोगटीसँगै रहेका उनका साथीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिहेको छ ।

घटनास्थल आसपास र फर्किने बेलामा देखेका बाटोमा मृतक बोगटी र उनीसँगै रहेका साथीको गतिविधि देखेकाप्रत्यक्षदर्शीको बयान र परिवारको किटानी जायरीमा यो दुर्घटना नभई हत्या भएको दाबी गरिएको छ ।घटनाको छानबिन गर्न मृतकका परिवारले दबाब दिएका छन् ।

जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरिक्षक एवम् सूचना अधिकृत किरण लामाका अनुसार घटना घटेको दिन मृतकसँगै रहेका र देखेकालाई बयान लिने क्रम सुरु भएको बताए ।  मृतक र सँगै रहेकाहरूको मोबाइलको कल डिटेल सहित अन्य अनुसन्धानका सघाउने गतिविधिमा समेत केन्द्रित रहेको बताए ।

एउटै मोटरसाइकलमा फर्किएकालाई म्याद थप गरी अनुसन्धान थप अगाडी बढाउने बताए । हालसम्म प्रहरीले करिब १० जनाको बयान लिइएको लिएको र यो क्रम जारी रहेको जनाएको छ । ‘सत्यतथ्यको गहिराइमा पुगेपछि हामीले जानकारी गराउँछौ,‘अनुसन्धानलाई सघाउने प्रमाण भएर उपलब्ध गराउन समेत अपिल गरेका छौ’ प्रहरी निरिक्षक लामाले भने ।

घटनाको अनुसन्धानमा जिल्लाबाट उपलब्ध स्रोतसाधनले अपुग भएमा जिल्ला बाहिरबाट अनुसन्धानलाई अन्तिम रुप दिन टोली खटिन सक्ने जनाइएको छ ।

प्रहरीले घटना हुनुभन्दा अगाडीका प्रत्यक्षदर्शी र अन्यको बयानलाई प्रारम्भीक अनुसन्धान मानेको छ । घटना आसपासका समयमा सडकखण्डमा आवतजावत गर्ने यात्रुले समेत बयान दिएका छन्।

मदिरामा लठ्ठ भएर मोटरसाइकलमा ल्याउँदै गरेका, सडकखण्डमा देखिएका अन्य दृष्य, मृतक र आरोपीको रुपमा प्रहरी हिरासतमा रहेका यूवासँगक ब्यवसायमा जोडिएका डोजरका चालकको बयान र गतिविधिले घटना थप रहस्यमय देखिएको छ ।

‘घटना हुदाँको राती र भोलीपल्ट विहान १० बजेसम्मको गतिविधिले यो घटनालाई थप जटिल बनाएको छ,‘एउटै पात्रको फरक रुपले समेत झनै शंका उब्जाएको छ’ मृतकका एक आफन्तले भने ।

बाटोमा ढुंगा समातेर हिडेको अवस्थामा समेत देखेको प्रत्यक्षदर्शी अहिले मृतकको आफन्तसँग सम्पर्कमा छन् ।रत्नेचौरबाट फर्किने बेलामा भएको झगडा, बिच बाटोमा मोटरसाइकलमा ल्याउँदै गरेका यूवाको भनाईले समेत घटना नियोजित भएको भन्ने आधारलाई पुष्टी गरेको आफन्तको भनाई छ ।

मृतक बोगटीसँगै रत्नेचौर गएर फर्किएका साथीले प्रहरीलाई प्रारम्भीक बयानमा मोटरसाइकल पल्टिएपछि आफुँले मोटरसाइकल लिएर आउँदा बाटोमा नदेखेको र घर बाहिर ल्याएर छोडिदिएको बताएका छन् । बाटोमा मोटरसाइकल बिग्रिएपछि मृतक हेलमेटसँगै पैदलयात्रा मार्फत आउँदै गरेको र मृतकसँगै रहेका अर्का यूवाले करिब १५ मिनेट पछि मोटरसाइकल लिएर बेनी घरमा चावी मोटरसाइकलमै छोडेर हिडेका थिए ।

रत्नेचौरबाट बेनी आएर घर बाहिर मोटरसाइकल छोडेपछि परिवारलाई चावी र मृतक आए नआएको जानकारी नलिएको, रत्नेचौरमै सामान्य झगडा भएको, मृतकले प्रयोग गरेको भनिएको हेलमेट भएको स्थान आसपासमा रहेको ढुंगा आसपासमा कुनै निशान देखिदैन, मृतकको शब भेटिएको स्थानमा दुबै जुत्ताको लोकेशन फरक छ भने पछाडी बोकेका झोला सिरानी हालेको अवस्थामा भेटिएको छ । मृतक र उनका साथीहरु रत्नेचौरबाट राती ८ बजेपछि हिडेको थिए । साढे ९ बजेतिर घटना घटेको अनुमान गरिएको छ ।

मृतक बोगटीको साढे ८ बजे आसपासमा परिवारसँगै सम्पर्क हुदाँ रत्नेचौरबाट फर्किदै गरेको जानकारी गराएका थिए । मृतकसँगै रहेका उनका साथीले राती ११ बजे ४६ मिनेटमा बाईक ल्याएर मृतकको पसल अगाडी छोडेको बेनी नगरपालिकाको सिसी क्यामेरामा देखिन्छ । घटना घटेको करिब डेढ घण्टासम्म परिवारका सदस्यसँग सम्पर्क नहुनुलाई समेत अनुसन्धानको आधार बनेको छ ।

एउटै मोटरसाइकलमा बेनी फर्किदै गरेको अवस्थामा मोटरसाइकल घरमा ल्याउँदा परिवारका सदस्यलाई विहान मात्रै जानकारी दिनु, विहान पसल खुलेपछि मृतक र अनुसन्धानमा तानिएका साथीको साझेदारी ब्यवसायमा संलग्न डोजरका चालक कपडा किन्ने बाहनामा पसलमा जानु, झगडा भएको बयान दिनु, रातको समयमा घटनास्थल आसपासमा एउटा स्कुटर देखिनु, रातो पल्सर बेनीतिर फर्किनुपर्नेमा रत्नेचौरतिर फर्किएको अवस्थामा पैदलयात्रीले देख्नु, सम्पर्कविहिन भएपछि रातीको समयमा खोजीकार्यमा सक्रिय नहुनु, विहान मृतकको शब भेटिएपछि परिवारलाई पहिलोपटक जानकारी दिनु, खोजीकार्यमा ढिलाई हुनु जस्ता गतिविधि भएको भन्दै मृतकका परिवारले अनुसन्धानका लागि गम्भीर हुन सम्बन्धित निकायलाई अपिल गरेको छ ।

बेनी–रत्नेचौर सडकखण्डमा पछिल्लो समय बेनी–मालढुंगा सडकखण्डको बाटो अबरुद्ध भएकाले म्याग्दी र मुस्ताङ भित्रिने र बाहिरिने सवारीसाधन बेनी–बागलुङ सडकबाट आवतजावत गर्नछन्। उक्त घटना आसपासको समयमा भेटिएका ट्याक्टर चालकले दिएको बयानले घटनालाई थप रहस्यमय बनाएको छ । मदिरा सेवन गरेपछि झगडा भएको देखेका प्रत्यक्षदर्शीले समेत बयान दिएका छन ।

मृतक र हाल प्रहरीको हिरासतमा रहेका यूवा बालुवाको ब्यवसायमा संयुक्त लगानी गरेका छन् । जिल्लामा गरिएको पोष्टमार्टम रिर्पोटले मात्रै अनुसन्धानको गहिराइमा पुग्न नसकिने अवस्थामा घटनाको थप पुष्ट्याइँका लागि शवको भिसेरा र डायटम परीक्षणको समेत आवश्यकता देखिएको छ ।

अनुत्तरित प्रश्न
* बागलुङबाट आउँदै गरेका दुई यूवाले घटनास्थलबाट नजिकै झगडा भएको देखेको ।
* मदिरा सेवन गरेको देखेपछि दुबै जनालाई मोटरसाइकलमा राखेर ल्याएउँदै गर्दा हल्ला गरेपछि ओरालेको ।
* राती ८ः३७ बजे रत्नेचौरबाट हिडेको, घटनास्थल आसपासमा आउँदा ९ बजेको अनुमान ।
* बेनीको सिसी क्यामेरामा भने मृतकका साथी एक्लै ११ः४८ मिनेटमा आएको देखिएको ।
* ट्याक्सीमा आउँदै गरेको मृतकको आफन्तले साढे ९ बजे सडकमा निलो पल्र्सर बाईक र कुनामा निलो स्कुटर पनि देखेको ।
* बेनीको सिसी क्यामेरामा निलो स्कुटर रातीको समयमा नदेखिएको ।
* सँगै आएको साथीका बारेमा चासो नदेखाएर मोटरसाइकल मात्रै लिएर राती घर अगाडी चावी मोटरसाइकलमै छोडेर हिडेको ।
* मोटरसाइकल छोडेपछि क्याम्पसचोकतर्फ फोनमा कुराकानी गदैं हिडेको ।
* मेसिनको चालक विहान ८ बजे मृतकको फेन्सी पसलमा आएर कपडा किन्न खोजेको थियो ।
* चालकले मृतकका बारेमा घुमाउरो तरिकाले परिवारसँग बुझ्ने प्रयास गरेको ।
* घटनाको भोलीपल्ट विहान ९ बजे मृतकसँगै फर्किएका साथी पसलमा आएका बुझेको ।
* साढे ९ बजे मृत अवस्थामा भेटिएको खवर परिवारलाई उनैले दिएको ।
* मृतकको शव खसेको ठाउँमा माडिएको, रगत वा कुनै संकेत नभेटिएको ।
* शबको आसपासमा रगत देखिएको ।
* मृतकले बोकेको झोला हातको सिरानी बनेको, जुत्ता फरक–फरक ठाउँमा भेटिएको ।
* हेल्मेट भएको आसपासका क्षेत्रमा कुनै रगत वा दुर्घटनाको संकेत नदेखिएको ।
* बाटोमा ट्याक्टर चालकले झगडा गर्दा हातमा ढुंगा देखेको ।
* भीरबाट खस्दा शरीर क्षतविप्छेत हुनपर्नेमा बाहिर चोट कम देखिएको ।
मृतकका आफन्तसँग गरिएको कुराकानीको आधारमा

 

 

Leave a Reply