?????????????????????????????????????????????????????????

म्याग्दीको दुर्गम बस्तीमा विद्युतीकरणका लागि एकैपटक ठूलो बजेट भित्रिएको छ । नेपाल विद्युत प्राधिकरणले २० करोडको बजेट स्वीकृत गरेको छ । भौगोलिक विकटता र स्रोतको अभावमा बिजुली बाल्न नपाएका बस्तीमा केन्द्रिय प्रशारण लाइन पुग्ने भएको हो ।

पश्चिम म्याग्दीको मंगला, मालिका र धवलागिरी गाउँपालिका र उत्तरी म्याग्दीके रघुगंगा र अन्नपूर्ण गाउँपालिकाको बिजुली नपुगेका बस्तीमा प्राधिकरणले २० करोड ७५ लाख बजेट स्वीकृत भएको नेपाल विद्युत प्राधिकरण बेनी वितरण केन्द्रका प्रमुख प्रशान्त झाले बताए । ‘म्याग्दीलाई अहिलेसम्मकै ठूलो बजेट प्राप्त भएको छ,‘अब टेन्डर प्रक्रियामा जान तयारी सुरु हुन्छ’ केन्द्र प्रमुख झाले भने ।

यसपटक स्वीकृत भएको बजेटबाट अन्नपूर्ण गाउँपालिकाको महरे र फुलबारी, धौलागिरी गापाको मल्कवाङ, मराङ र बुल लुलाङ, खिवाङ, मालिका गाउँपालिकाको छिस, घोस्री, कुदालीबाङ, घ्यालेपानी, जेम बेली, बिलबाङ, लुक्सीपार र पाल्ते, महविर चिउरीबोट, छाप, सिस्नेरी,जुग्जारघुंगंगा गाउँपालिका–८ पात्लेखर्कक करिब २१ सय ५८ घरधुरीमा राष्ट्रिय प्रशारण लाइनको पहुँचमा पुग्ने बेनी वितरण केन्द्रले जनाएको छ ।

नेपाल विद्युत प्राधिकरण गण्डकी प्रादेशिक कार्यालयले अब टेन्डर सहितका अन्य प्रक्रियालाई अगाडी बढाउने जनाइएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र जलस्रोत तथा ऊर्जामन्त्री शक्तीबहादुर बस्नेतलाई राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठमार्फत म्याग्दी जिल्लाका बारेमा जानकारी गराएपछि प्राधिरकणको आन्तरिक बजेटबाट उक्त काम अगाडी बढेको गण्डकी प्रदेशका सांसद रेशमबहादुर जुग्जालीले बताए ।

‘बजेट कार्यान्वयनका अब समस्या हुदैन,‘म्याग्दी जिल्लाका दुर्गम बस्तीमा विद्युत पुर्याउने योजना पुरा हुदैछ’ सांसद जुग्जालीले भने ।

भौगोलिक कठिनाइ तथा विकटताले गर्दा म्याग्दीका ग्रामिण बस्तीमा विद्युतीकरण हुन नसक्दा भोग्नुपरेको समस्याका बारेमा प्रतिनिसिधभा सदस्य खमबहादुर गर्बुजा, प्रदेशसभा सदस्य जुग्जाली र हरि भण्डारीले समेत राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. श्रेष्ठसँग विद्युतीकरण नभएका सबैको घरधुरीमा विद्युत् पु¥याउने गरी काम गर्ने बजेटको माग गरेका थिए ।

म्याग्दीमा राष्ट्रिय प्रसारणलाइन पु¥याउन नसकिने ठाउँमा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रमार्फत सौर्य, लघुजलविद्युत् (माइक्रो हाइड्रो) लगायतमार्फत विद्युतीकरण गरिएको छ भने अझैपनि टुकीको भरमा रात कटाउने बस्ती समेत रहेको छ । मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजा सहित वडा अध्यक्षको टोलीले समेत प्राधिकरण प्रमुख घिसिङलाई भेटेर आफ्नो समस्यामा बारेमा जानकारी गराएका थिए ।

विद्युत प्राधिकरण बेनी वितरण केन्द्रले एकैपटक आन्तरिक स्रोतबाट म्याग्दीमा आएको यो अहिलेसम्मकै ठूलो बजेट भएको जनाएको छ । विगतमा नेपाल सरकारमार्फत आउने गरेको बजेट ५० लाख, १ करोड हुने गरेकोमा यो प्राधिकरणको आन्तरिक स्रोतबाट आएकाले निर्माणकार्यमा ढिलाई र बजेट अभाव नहुने जनाइएको छ ।

Leave a Reply