????????????????????????????????????

नेपाली कांग्रेस म्याग्दीले शनिबारदेखि म्याग्दीमा पार्टी सुदृढीकरण ,शुद्धिकरण तथा संगठन विस्तार अभियान संचालन गर्ने भएको छ । २६ चेतमा बसेको जिल्ला कार्यसमितिको बैठकले पहिलो चरणमा ६ वटै पालिकामा सो अभियान संचालन गर्ने निर्णय गरेको हो ।

संघीय सांसद तथा जिल्ला सभापति खमबहादुुर गर्बुजा ‘खम्बिर’को सभापतित्वमा बसेको बैठकले अभियानलाई प्रभावकारी र सफल बनाउन सबै पालिकामा संयोजक समेत तोकेको जिल्ला सचिव हिराबहादुर पुनले जानकारी दिनुभयो ।

बेनी नगरपालिकामा वरिष्ठ नेता चिरञ्जीवि शर्मा ,धवलागिरी गाउँपालिकामा सचिव हिराबहादुर पुन, मंगला गाउँपालिकामा सचिव भरत रकाल ,मालिका गाउँपालिकामा पुर्व जिल्ला सहसभापति नेत्रबहादुर महत ,अन्नपुर्ण गाउँपालिकामा संविधानसभा सदस्य तथा कांग्रेस म्याग्दीका निवर्तमान सभापति रेशमबहादुर बानियाँ र रघुगंगा गाउँपालिकामा उपसभापति हरिकुमार श्रेष्ठलाई संयोजक तोकिएको छ ।

एक दिन संचालन हुने अभियानको अन्तर्गत पहिलो चरणमा वडा र पालिकास्तरीय कार्यसमिति सदस्यहरु ,कांग्रेसको तर्फबाट निर्वाचित जनप्रतिनिधि क्रियाशिल सदस्य ,भातृ तथा सुभेच्छुक संस्थाका पदाधिकारी संग अन्तरक्रिया र छलफल कार्यक्रम रहेको उहाँले जानकारी दिनुभयो । साथै सोही अवसरमा स्थानीयीबासीबाट योजना छनौट र नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रम समेत रहेको छ ।

साथै पालिका र वडासंगको समन्वयमा वडा तहमा समेत अन्तरक्रिया र छलफल  कार्यक्रम संचालन हुने कांग्रेस म्याग्दीले जनाएको छ । अभियानलाइ प्रभावकारी रुपमा सफल बनाउन सबै वडा इकाई सभापति ,भातृ संगठन र सुभेच्छु संस्थाका पदाधिकारीलाई जनाकारी गराइएको बेनी नगरपालिका संयोजक शमाँले बताउनुभयो । उहाँले अभियानले कार्यकर्तामा उर्जा थप्ने विश्वास व्यक्त गर्नुभयो ।

Leave a Reply