अन्नपूर्ण बेनी धवलागिरी मंगला मालिका रघुगंगा म्याग्दी पर्वत बाग्लुङ देश गण्डकी

---Advertisement---

धौलागिरी हिमालमा एक भरिया बेपत्ता

On: April 22, 2023 8:14 PM
Follow Us:

धौलागिरि हिमालको आधार क्षेत्रबाट फकिर्ने क्रममा एक भरिया बेपत्ता भएका छन् । आरोहीको सामान बेसक्याम्प पु¥याएर इटाली बेसक्याम्प तर्फ फर्किदै गरेका २० बर्षिय अमृत राई बाक्लो हिमपातका कारण बेपत्ता भएका हुन् । बेपत्ता राई सोलुखुम्बु जिल्ला दुधकुण्ड नगरपालिका वडा नं १ नुथला फुलेली गाउँका हुन् ।

संसारको सातौं (८,१६७) मिटर अग्लो म्याग्दीको धौलागिरि गाउँपालिका–४ मुदीमा पर्ने धौलागिरि आधार शिविरबाट फर्किने क्रममा भारी हिमपात भएपछि बेपत्ता भएको पर्यटन ब्यवसायी इन्द्रसिंह शेरचनले बताए। उनका अनुसार बेपत्ता राईसँगै फर्किदै गरेका धिरज राई र अमृत राई सुरक्षित छन् ।

‘हिउँपहिरोमा परेको आशंका गरिएको छ, खोजीकार्य भइरहेको छ’ पर्यटन ब्यवसायी शेरचनले भने । बेपत्ता राईको खोजीकार्य आइतबारदेखि गरिने छ । आरोहणमा गएका र फर्किन क्रममा रहेका सबै भरिया र र पदप्रर्दशक भने सुरक्षित रहेको बताइएको छ । शुक्रबारदेखि म्याग्दीको हिमाली क्षेत्र आसपासमा समेत हिमपात भएको छ ।