म्याग्दीको रघुगंगा गाउँपालिका वडा नम्बर ४ दग्नामका वडा अध्यक्ष पविन गर्बुजालाई मातृ शोख परेको छ। गर्बुजाको ६३ बर्षीया आमा लैनिमायाँ गर्बुजाको ग्रिन सिटी अस्पताल काठमाडौंमा उपचारको क्रममा शनिबार साँज ७ बजे निधन भएको पारिवारीक स्रोतले जनाएको छ ।

स्वर्गीय गर्बुजा तत्कालिन गाविस अध्यक्ष तथा राजनीतिकर्मी स्व. धनराज गर्बुजाका धर्मपत्नी हुनुहुन्छ । स्वस्थ्यमा समस्या आएपछी विगत एक महिनादेखी  उपचारको लागि अस्पतालमा भर्ना गरिएको थियो ।उहाँको अन्तिम संस्कार आफ्नै गृहस्थान दग्नामको अल्दीका भन्ने ठाँउमा आईतबार दिँउसो १२ बजे अन्टेष्टी गरिएको थियो ।

उहाँको २ छोरा र २ छोरी हुनुहुन्छ ।  आमाको काजक्रिया सकेर काममा नफर्किए सम्म कार्यबहक अध्यक्ष वडा सदस्य चित्रबहादुर गर्बुजाले गर्नुहुने अध्यक्ष गर्बुजाले जानकारी दिनु भयो । गर्बुजा परिवारले काजकिरिया २०८० बैशाख १२ गते दग्नाममा सम्पन्न गरिने जनाएको छ ।

Leave a Reply