प्रवासी नेपाली संघ (मोना) युकेले नेपाली नयाँबर्षको अवसरमा सुभकामना साँझको आयोजना गरेको छ । शुभकामना साँझको प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदूतावासकी उपनियोग प्रमुख रोशन खनालले उद्घाटन गदैं म्याग्देलीको एकता र सहकार्यबाट उत्साहित रहेको बताउनुभयो ।

कार्यक्रममा म्याग्दीबाट बेलायतमा बसोबास गरेका र बिभिन्न क्षेत्रहरुमा प्रगति गरेका म्याग्देलीहरुलाई सम्मान गरिएको छ।साँझमा नेपालबाट आएका कलाकारहरु प्रकाश दुतराज र शोभा कार्कीले आ–आफ्नो प्रस्तुतिलगायत बेजोड दोहोरि प्रस्तुत गरेका थिए।

शुभकामना साँझमा स्थानीय कलाकारहरु स्वेता तिलिजा, अर्जुन पुन, सजिन पुन, अन्जी रोका, धौलागिरि नौमती बाजा र पुन मगर पुर्ख्यौली समुहले आ–आफ्नो प्रस्तुति दिएका थिए। नयाँ बर्ष शुभकामना साँझमा संस्थाका महिला उपाध्यक्ष धन रोकाले राफल ड्र संचालन गरेकी थिइन्।

कार्यक्रममा रस्मरबोरो काउन्सिलका काउन्सिलरहरु, एलेस क्रोफोर्ड, प्रवेश केसी,एन आर एन युकेका निबर्तमान अध्यक्ष योगेन क्षेत्री, मगर संघ युकेका अध्यक्ष सित पुनलगायत बेलायतमा स्थापित बिभिन्न जिल्लाका अध्यक्ष तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।

शुभकामना साँझमा मोना युकेका संस्थापक अध्यक्ष दलमान पुन, निबर्तमान अध्यक्षहरु, रेशम शेरचन, उमेश राना, कमल पुर्जा, मोना हंगकंगका अध्यक्ष इन्द्र थापा (एलजी) ट्रस्टीहरु लिलामण शेरपुन्जा र दल जुग्जाली, सल्लाहकारहरु अमर मल्ल, बेल बुराथोकी, रत्न शाही, जंग पुन र जित पुनलगायत झन्डै ५ सय जनाको उपस्थिति रहेको थियो।

मोना युकेका अध्यक्ष कुमार फगामीको अध्यक्षतामा संचालित कार्यक्रमलाई संस्थाका महासचिब बिष्णु भण्डारीले संचालन गरेका थिए। सो कार्यक्रममा मोना युकेका उपाध्यक्ष तथा कार्यक्रम प्रमुख संयोजक पदम सुन्दर गर्बुजाले स्वागत मन्तब्य दिएका थिए भने संस्थाका सचिब मन्दिप जुग्जालीले आपकालिन अबस्थाको बारेमा जानकारी दिएका थिए ।

Leave a Reply