यसैगरी फेकोफोनको जिल्ला कार्यसमिति सदस्यहरुमा लक्ष्मी थापा, गंगा केसी, बिमल सुनार, कल्पना गुरुङ, धनबहादुर रोका र सैबहादुर गर्बुजा निर्वाचित हुनुभएको फेकोफोन गण्डकी प्रदेशका सहसचिव सीता गुरुङले जानकारी दिनुभयो । त्यस्तै यसअघि फेकोफोन गाउँपालिकाहरुमा महासंघको अधिवेशनले पालिका र जिल्लाबाट दुई पदाधिकारीसहित ४६ जना प्रदेश प्रतिनिधिहरु चयन गरेको फेकोफोन म्याग्दीले जनाएको छ ।
शनिवार सम्पन्न फेकोफोन म्याग्दीको छैटौं जिल्ला अधिवेशनको उद्घाटन गर्दै जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापाले मानव मात्रै नभएर जीव अस्तित्व रहनका लागि वनस्पति पनि रहनुपर्ने बताउनुभयो । उहाँले समुदायले वन जोगाउने भए पनि उनीहरुले नै प्रयोग गर्नका लागि राज्यको नीतिहरुमा केही अप्ठ्यारो रहेको बताउँदै जीव अस्तित्वसँग जोडिएको वनलाई उपभोक्ताहरुले प्रयोग गर्न पाउनुपर्ने बताउनुभयो ।
सामुदायिक वन उपभोक्ता महासंघका केन्द्रीय सदस्य हरि बाँस्तोलाले सामुदायिक वनलाई उपभोक्ता समितिले संरक्षण तथा संवद्र्धन गर्ने गरेको भए पनि उनीहरुले नै त्यसको सहज उपभोग गर्न नपाएको गुनासो गर्नुभयो ।
उहाँले जसले वन क्षेत्रलाई जोगाउँछ प्रयोग पनि उसले नै गर्न पाउनुपर्ने बताउँदै आफूले मेहनत गरेर संरक्षण गरी हुर्काएको वनको प्रयोग आफैले गर्न नपाउने कानुनलाई राज्यले अब संशोधन गर्न आवश्यक रहेको बताउनुभयो ।
डिभिजन वन कार्यालय म्याग्दीका सहायक वन अधिकृत नरबहादुर क्षत्रीले प्राकृतिक स्रोतको उपभोग गर्न उपभोक्ताले नपाउनुका साथै उद्यमीहरुको पनि स्रोत कमजोर रहेको बताउनुभयो ।
उहाँले वन उपभोक्ता समितिहरुले राज्यको नीतिभित्र रहेर काम गर्नुपर्ने बताउँदै नीतिलाई आत्मसाथ गर्नुपर्ने सबैको कर्तव्य भएकोमा जोड दिनुभयो । सामुदायिक वन उपभोक्ता महासंघ गण्डकी प्रदेशका अध्यक्ष कालीदास सुवेदीले सामुदायिक वन क्षेत्रलाई विविध आयामको रुपमा प्रयोग गर्नुपर्ने बताउँदै स्वदेशी वनपैदावरको खपत बढाउन माग गर्नुभयो ।
कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघको गण्डकी प्रदेश सहसचिव सीता गुरुङ, सदस्य रेशमबहादुुर बानियाँ, बेनी नगर महासंघका निवर्तमान अध्यक्ष मुक्तिबहादुर खड्का, महासंघ मालिका गाउँपालिकाको प्रतिनिधि कल्पना गुरुङ र मंगला गाउँपालिकाका प्रतिनिधि ओमबहादुर गर्बुजाले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रम सामुदायिक वन उपभोक्ता महासंघ म्याग्दीका निवर्तमान अध्यक्ष जीवन कार्कीको अध्यक्षता, उपाध्यक्ष सुन्तली जिसीको स्वागत र सचिव तेजकुमारी शेरपुञ्जाको सञ्चालनमा सम्पन्न भएको थियो ।
सोही अवसरमा फेकोफोन म्याग्दीले गण्डकी प्रदेशको सहसचिव र सदस्य पदमा रहेर पनि जिल्लामा आवश्यक सहयोग पु¥याएको भन्दै सीता गुरुङ र रेशमबहादुर बानियाँलाई दोसल्ला ओढाई सम्मानपत्रले सम्मान गरिएको थियो । फेकोफोन म्याग्दीका नवनिर्वाचित अध्यक्ष जिसीले आगामी दिनमा महासंघमार्फत जिल्लामा सामुदायिक वन क्षेत्रको संरक्षणमा काम गर्ने प्रतिबद्धता जनाउनुभयो । फेकोफोनले खासगरी वनका उपभोक्ताहरुको अधिकारका लागि आन्दोलन, सामुदायिक वनहरुमार्फत उद्यमको सिर्जना, नेतृत्व तथा क्षमता विकासलगायत क्षेत्रमा काम गर्दै आइरहेको बताएको छ ।

Leave a Reply