राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट म्याग्दीका प्रतिनिधिसभा सदस्यका उम्मेदवार हरि बहादुर खत्री क्षत्रीले विवरण सार्वजनिक गरेका छन् ।

निर्वाचन आयोगले गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका उम्मेदवारलाई सात दिनभित्र खर्च सार्वजनिक गर्न निर्देशन दिएपछि प्रतिनिधिसभाका सदस्य उम्मेदवार खत्रीले निर्वाचनमा ५५ हजार ५५५ खर्च भएको विवरण सार्वजनिक गरेका हुन् । उनले निर्वाचनको अवधिमा कुनैपनि बैंक खाता सञ्चालन नगरेको समेत जनाए । निर्वाचनमा न्यून खर्च भएको उनले बताए ।

खर्च विवरण सार्वजनिक गरेको जानकारी निर्वाचन कार्यालयमा पेश समेत गरेको जनाए । निर्वाचनको अन्तिम परिणाम प्रकाशित भएको मितिले ३५ दिनभित्र निर्वाचन खर्चको विवरण पेश गर्ने प्रतिनिधिसभा सदस्य निर्वाचनका दुई हजार तीन सय ७३ र प्रदेशसभा सदस्य निर्वाचनका तीन हजार एक सय ८८ उम्मेदवारसहित पाँच हजार पाँच सय ६१ उम्मेदवारलाई निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा ३१ को उपदफा (४) बमोजिम सो निर्देशन दिइएको हो ।

Leave a Reply