गण्डकी प्रदेशस्तरिय राष्ट्रपति कप रनिङ शिल्डमा म्याग्दीबाट सहभागी भएका विभिन्न खेलका खेलाडी राष्ट्रिय प्रतियोगिताका लागि छनौट भएका छन् । पोखराको रंगशालामा सम्पन्न भएको प्रतियोगिताका विभिन्न विधामा स्वर्ण, रजत र काँस्य पदक जित्न सफल भएका छन् ।

जिल्ला खेलकुद विकास समितिका खेल प्रशिक्षक मिलन रोकाका अनु्सार भलिबलतर्फ अनिशा रोका, पवन सुनार, कवडड्ीतर्फ दिवान मगर, सुबम शाक्य, सरिता बुढा रहेका छन् ।

त्यस्तै तेक्वाण्डोतर्फ स्वर्णपदक जित्दै दिपेश पुर्जा, सज्जा पुन छनौट भएका छन् । त्यसैगरी तेक्वान्डो रजत पदक विजेता रोसन श्रेष्ठ, उसुतर्फ समिप किसान प्रमिसा बानियाँ प्रदेशबाट छनौट भएको जिल्ला खेलकुद विकास समितिका सदस्य कुमार किसानले बताए । त्यसैगरी कराँते तर्फ स्वर्णपदक विजेताःमार्सल गर्बुजा,प्रेरणा रोका, देलिबिया गर्बुजा एथलेथिक्सबाट ३ जम्प स्वर्ण जित्दै रिकजना माझी राष्ट्रिय खेलका लागि छनौट भएकी छन् ।

Leave a Reply