म्याग्दीमा लामखुट्टेबाट सर्ने मलेरिया रोगको बिरामी नभएपछि जोखिममा रहेको बताइएको छ । विश्व औलो दिवसको अवसरमा बेनीमा आयोजित कार्यक्रममा स्थानीय भन्दा आयतित रोगीका कारण कम जोखिमयुक्त क्षेत्रमा रहेको स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ ।

गत आर्थिक बर्षमा गण्डकी प्रदेशमा १३ जना बिरामीको पहिचान भएकोमा ६ जना कास्की जिल्लाको रहेकाले म्याग्दीलाई जोखिममुक्त मान्न नसकिने स्वास्थ्य कार्यालयका प्रमुख एकनाराण लम्सालले बताए ।

उनले निवारणमा चुनौती मानिएको औलो रोग (मलेरिया) एनोफोलिज जातको पोथी लामखुट्टेको टोकाइबाट हुने सरुवा रोग भएकाले म्याग्दीका विभिन्न स्थानमा गरिएको परीक्षणमा एनोफोलिज जातको पोथी लामखुट्टे भेटिएको प्रमुख लम्सालको भनाई छ ।

औलो रोग लागेको व्यक्तिलाई लामखुट्टेले टोक्दा परजीवि पनि चुस्छ र लामखुट्टे संक्रमित भएपछि अन्य व्यक्तिलाई टोकेमा औलो सार्ने भएकाले सर्तकता आवश्यकता रहेको बताए । तराई तथा भारतबाट रोजगारीका लागि आउनेहरुलाईऔलोको परीक्षण नहुनु र संक्रमण देखिएकाले समेत लुकाउने गरेकाले समस्या हुने गरेको स्वास्थ्य कार्यालय सूचना अधिकारी गणेश सुवेदीले बताए ।

औलो रोग लागेमा कलेजो, मिर्गौला तथा मस्तिष्क जस्ता अंगमा असर गर्ने र कतिपय अवस्थामा बिरामीको ज्यानको समेत जोखिम हुने उनले बताए । औलोको संक्रमणका लक्षण देखिएका स्वास्थ्य कार्यालयमा पुगेर परीक्षण गर्नुपर्ने बताए ।बेनी नगरपालिका स्वास्थ्य शाखा प्रमुख चन्दन सुवेदीले औलो रोग सम्वन्धी जनचेतनामूलक कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने बताए ।

कार्यक्रममा पत्रकार महासंघ म्याग्दीका अध्यक्ष प्रकाश पौडेलेको अध्यक्षतामा भएको कार्यक्रममा संचारकर्मी र स्वास्थ्य कार्यालयका कर्मचारीको उपस्थित रहेको थियो । सरकारले तीन वर्षभित्र नेपालबाट औलोलाई शून्यमा पु¥याउने र सन् २०२५ मा औलो निवारण घोषणा गर्ने लक्ष्य लिएको छ।

Leave a Reply